Sunday, April 12, 2020

कविता : बिषाद समय

~सुष्मा श्रेष्ठ~

शुन्यमा अन्त भएको यो बर्षले
बिषाद ल्यायो पहिलो तीन महिना भित्र
सुक्ष्म जीवाणुको आक्रमण माझ
बादलियो मावन जीवनको स्वास्थ चित्र  ।

नवरात्रीको शिरबन्दी लगाई
घरबन्दीमा नै सडिनुपर्ने
आँखा चिम्ली घर भित्रै

अब निलो आकाशको कल्पना गर्नुपर्ने ।

ईष्ट मित्रसँग रमाई
मिठो पकवान आगन्तुकलाई
दु:ख सुखको साथमा भेला
अब कहिले हुने हो ।

ढोका बाहिर पाईला चालिने दिन पनि आउलान्
झ्याल बाहिर कहिले फेरी पनि गाउलान्
प्रार्थनामा शक्ती हुन्छ, शुद्ध मनले गरेसी
स्वास्थ होलान् फेरी संसार सबै घर भित्रै बसेसी ।


(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment