Showing posts with label बिनोद पाण्डे. Show all posts
Showing posts with label बिनोद पाण्डे. Show all posts

Saturday, March 24, 2018

कविता : फेसबुक

~बिनोद पाण्डे~

टिङ घन्टि  बजेको थ्यो फेस्बुक मा मेसेज आयो
उन्कै फ्रेन्ड रिक्वेस्ट रैछ  झन्डै मेरो सातो गयो
बिर्सिएछु सबै कुरा आधा घण्टा प्रोफिल हेरें 
फ्लश्ब्याक मा कहाँ पुगेछु निकै  लामै सास फेरें

धेरै पैले कुनै बेला म पनि त तन्नेरी थिएँ 
बाहिर सोझो देखिए पनि कती कुरा मन भरी थिए
सबै कुरा नभनेनि छोटकरीमा सुनौ हैत
च्वास्स कुरो बिझ्न सक्छ मन्मै "म म" भनौ हैत

Monday, January 1, 2018

कविता : हाम्रो पारा

~बिनोद पाण्डे~

गोरे आए काले आए
चुच्चे थेप्छे डल्ले आए
कती गए कती आए
हाम्रा सबै नमुना आए

लुकी छिपी कती आए
डि.भि पर्ने सजिलै  आए
पढ्ने एउता बहानामा आए
विद्यार्थीका ताँती आए

Saturday, November 18, 2017

कविता : जिन्दगी बबुरो

~बिनोद पाण्डे~

छाडेर उजेला ति पाखा पखेरा
रोंजे जब ति गल्ली अँधेरा  
बिरानो भो आफ्नै पानी पन्धेरो
शायद तबै भो जीवन अँधेरो

न मिल्छ हसिलो घाम त्यो हिमालि
न सन्ध्या रसिलो डाँडै देउराली

कविता : आयो तोरी लाउरे स्वाँठ

~बिनोद पाण्डे~

मरुभूमीमा पसिना बेचेर
रणभूमीमा रगत पोखेर
गोरेको भूमीमा जिवन साटेर
आयो तोरी लाहुरे स्वाँठ गुन्टा बोकेर

चार पैसा जोडेर बिचरा
एक बोरा भुल्ल कोचेर