~डा. चम्पक प्रसाद पोखरेल~
म नेपाली टीका थाप्छु
मलाइ सगून र साइत गर ।
किनभने,
हेर त यहाँ
पहाड पहाड ह्वैन,
पग्लेर पानी बगिरहेछ ।
पानी पनि पानी ह्वैन,
सवाकोटी नेपालीको
तागतै तागत बगिरहेछ ।
हिमालको ताँतीबाट
जून खेल्ने छातीबाट
दम पचाउने मेरै लागि
पौरखका पौरख ओइरिरहेछ ।