Showing posts with label गणेश श्रेष्ठ. Show all posts
Showing posts with label गणेश श्रेष्ठ. Show all posts

Saturday, December 2, 2023

कविता : नयाँ बर्ष

~गणेश श्रेष्ठ~

कलिला मुना र नया नया पालुवा
सिर सिर हावा गर्मि र बालुवा
कोइलि को कुहु कुहु मनै आनन्द बनाउने
जताततै हरियालि प्रकृति नै रमाउने !

बोट बिरुवाले नि आफ्नो काचुलि फेर्ने
कोपिला लागि फुलले पनि बाहिर हेर्ने
सुगन्धित खुस्बु चारैतिर बास्ना छाउने
बसन्त ऋतुमा हाम्रो नया बर्ष आउने !!

Saturday, December 10, 2022

कविता : जीवन

~गणेश श्रेष्ठ~

जन्म र मृत्यु बिचको सपना हो जीवन
आसा र अभिलाषाले भरिएको यथार्थ हो जीवन
भोग्न जाने खुसिनै खुसिले भरिएको
भोग्न नजाने दुख र दर्दले दरिएको

सानो छउन्जेल ठूलो हुने आशामा
यौवनमा पुगेसी सफलता चुम्ने अभिलाषामा
एक पाइलो अघि बढ्दै गर्दा शिखर पुग्ने चाहनाले
अल्छी र निराश हुँदा अभाब र परिस्थितिको बहानाले