Showing posts with label दिनार 'रनादी'. Show all posts
Showing posts with label दिनार 'रनादी'. Show all posts

Saturday, August 1, 2020

कविता : मलाइ दोहोरो नागरिकतामा पार

 ~दिनार 'रनादी'~

  तिम्रो फूलबारी को झार हुं म
 लौ मलाइ उखलेर फाल
 बिद्रोहको स्वर हुं म
 लौ सछौ भनें मेरो मुख थुनेरमार

 फुडकार्डमा पैसा सकियो आज भोकै छु म
 सक्छौ भने चोरिको परिबन्दमा पार

Sunday, April 12, 2020

कविता : ध्यानमा छु

~दिनार 'रनादी'~

एकान्तमा छु
आजकल म ध्यानमाछु।

मनको अन्तरकुन्तर मा
कहिले निस्पट्ट अन्ध्यारो भेटछु
कहिले झलमल उज्यालो देख्छु
तिमीले भोगे जस्तै
जीबनको म बिपना भोग्छु
तर अरु कसैले नदेखेको
ध्यानमा म सपना देख्छु।

Sunday, June 23, 2019

दिनार 'रनादी'का सात हाइकु

~दिनार 'रनादी'~

स्रोताको मन 
आसमा डुबेकोछ
साहित्य भेला ।  
*********
आजको दिन
पानी परेर बित्यो
भोलि के होला ?
************
फोन आएन
समय खेर गयो
प्रतिक्षा लामाे ।
*************

Saturday, October 27, 2018

कविता : भञ्ज्याङ्ग

~दिनार 'रनादी'~

साठि नाघेछ
जीवन यात्राामा हिंडेको
भञ्ज्याङ्गमा भारी बिसाएर
जिवनलाइ फर्केर हेर्दा
अर्कैको भारी पो बोकेर आएछु
जिवनको उकाली ओरालीमा
अर्कैको गीत पो गाएछु ।

जिवनको उहापोहमा

Sunday, September 16, 2018

कविता : सङ्कल्प पूराण

~दिनार 'रनादी'~
                                      
अध्याय एक

सुखशान्ति र सम्बृदिको लागि गृहलक्षमीकाे नित्य पूजा गर्ने
भनेको सकभर खुरु खुरु मान्ने
बादबिबाद सकभर गर्दे नगर्ने
सहन सक्ने जति सबै सहने
सहनै नस्क्ने भए पछि
बाथरुममा छिरेर
चीसो पानीले नुहाउदै
ठूलठूलाे श्वोरले भजन गाउने
येत्ति गर्न सकियो भने
घर गृहस्थि राम्रै चल्छ भनि
 मक्क्ख पर्ने ढुक्क हुने।

Sunday, June 24, 2018

कविता : तिमी मेरी नागुरा

~दिनार 'रनादी'~

प्रियसी तिम्रो नाम अनेक !
प्रियसी तिम्रो रुप अनेक !!

टोरन्टोको तिम्रो गाउँले ठिटो डाक्टर रावतले
"नैगरा" भनी तिम्रो तारिफ गर्दा
ड्यालसका फेस्बुके तिम्रो साथी डाक्टर बानियाले
"नागरा" भनी तिम्रो गुन गाउँछ

Saturday, March 24, 2018

कविता : बोर भो

~दिनार 'रनादी'~

भिनाजु, मार्च २४ अगाडिको कुनै पनि विकएण्ड खाली छैन
कोठे कविता ढिलो हुने भो 'बोर' भो
ए हो र ! अँ नानी 'बोर' भो ।

संसार भरी सबैभन्दा धेरै बोलिने शव्द 'ओके' हो
तर नेपालमा धेरै बोलिने शव्द 'बोर भो'
लौ सुष्मा सुन 'बोर'को वान्की -

कविता : मोजै हुन्छ

~दिनार 'रनादी'~


ईमेलको यो जमानामा पनि
थुकले खाम टाँस्दै चिठ्ठी पठाउनुको मज्जै अर्को हुन्छ
जनवरिमा गर्ने भनेको कोठे कविता कार्यक्रम
सर्दै सर्दै मार्चमा पुगेर लामो पर्खाइ पछी कविता भन्नुको मज्जै अर्को हुन्छ ।

काम बिगारेर लठ्ठी पाईन्छकी भनी सोंच्दा
गाली मात्र पाउँदाको  मज्जै अर्को हुन्छ
नराम्रो कविता सुनाउँदा पनि
दर्शक-श्रोताको ताली पाउँदा मज्जै अर्को हुन्छ ।

Saturday, July 29, 2017

छोक : बहुमत

~दिनार 'रनादी'~

बहुमतको जीत हुन्छ म त्यो अब मान्दै मान्दिन
एक्लो बाघले मृगको बथान कसरी लखेट्छ त्यो म जान्दिन
धेरै भोट ल्याउने हिलरी हार्ने

कविता : आमा

~दिनार 'रनादी'~

 १
कतै मायालु मिठो आवाज सुने
कसैले मिठो कविता भने
आमाको याद बढेर आउँछ
कविता भन्नु मिठो माया रहेछ
मिठो माया भन्नु आमा रहेछ ।

म साठ्ठी बर्षे लक्का जवान

Saturday, October 1, 2016

कविता : जन्मदिन भर्सेस वर्थ डे

~दिनार 'रनादी'~

थियो एक जमाना
पानसमा दीयो वालेर
निधारमा टीका थापेर
मनाउँथ्यौं जन्मदिन
सानो थियो परिवेश
सानै थियो संसार
तर मनभरि उल्लास
जन्मदिनमा गाउँभरी
ल्याउँथ्यौ तिमी वहार !

आजकाल

Saturday, May 28, 2016

कविता : पीरतीको कुरा

कवि दिनार रनादी
~ दिनार रनादी ~

जीवन जीउने ध्याउन्नमा
पीरती लाउनै भूलिएछ
सन्ततीको तिर्सनामा
माया लाउनै बिर्सिएछ
जीवनवृती दौडधूपमा
माया कतै छाडिएछ
सम्पत्तिको तिर्सनामा
माया कतै टाढिएछ
गाउँछु भन्थे जीवनगीत

Saturday, January 2, 2016

कविता : मान्छे

~दिनार 'रनादी'~

अथाहा छ
त्यसैले अंकको सीमामा छैन यो सृष्टि
तर लुकेको छैन यहाँ केही
किनकी अनन्ता अनन्त छ
कर्ताको दृष्‍टि
तर मान्छे यहाँ सबै
रुप, यौवन, विद्या, धन

कविता : आगो

~दिनार 'रनादी'~

यो हिउँद
काठ्याङ्ग्रिने जाडो छ
आगो ताप्दा न्यानै हुन्छ
तर घर बालेर आगो ताप्नेहरु

कविता : साथी

~दिनार 'रनादी'~

साथी, जिउँदोको जन्ती
मर्दाको मलामी,
सुखदुखको सह-भोगाई
यार ! तिमी पनि साथीको
दावा गर्छौ
तर बेलानकुबेला धावा बोल्छौ

Saturday, January 4, 2014

कविता : बुद्ध र म

~दिनार 'रनादी'~

बुद्ध र म
एकै  दिन एकै ठाँउमा जन्मियौं
अनित्य जानेर बुद्ध नित्यमा लागे
दु:ख चिनेर सिद्दार्थ बुद्ध भए
म अनित्यमा नित्य खोजी रहें
दु:ख मानेर म बुद्धु भएँ ।।