~नीर शंकर श्रेष्ठ~
आफैमा गुनासो छ समयले नेटो काटे छ
हिसाब जोड्दा तीन बिस आठ नाघिसके छ
तै पनि मन तन्नेरी नै छ ।
मगमग बास्ना आउने भुटेको तोरिको तेल
कपालमा दलिदली बनाएको जुल्फी
आज हावा हुण्डरी र घाम पानीले
जतनले सजाएको जुल्फी कहीँ उजाड बन्दै