Sunday, April 12, 2020

कविता : ध्यानमा छु

~दिनार 'रनादी'~

एकान्तमा छु
आजकल म ध्यानमाछु।

मनको अन्तरकुन्तर मा
कहिले निस्पट्ट अन्ध्यारो भेटछु
कहिले झलमल उज्यालो देख्छु
तिमीले भोगे जस्तै
जीबनको म बिपना भोग्छु
तर अरु कसैले नदेखेको
ध्यानमा म सपना देख्छु।
एकान्तमा छु
आजकल म ध्यानमा छु।

उज्यालो लाइ पछ्याउदै
कुनैदिन पार पाए भने
पारि पुग्ने म मात्रै हुनेछु
अध्यारोमा पुरिएर
कुनैदिन म बिते भने
मर्ने पनि म मात्रै हुने छु ।

एकान्तमा छु
आजकल म ध्यानमा छु।

भिड त बाहिर मात्रै हो
मान्छे भित्र एकान्त छ
एकान्त आइसोलेसनमा छ
आइसोलेसनमा ध्यान छ
जीबनको सार
एकान्त र ध्यानमा छ ।

एकान्तमा छु
आजकल म ध्यानमा छु।

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment