~निकिता मिश्र पाण्डेय~
चंगा भै म माथि उडिरहे
आफुलाई एकछिन उछ ठाने
हावाको तालमा चारको साथमा
पुतली सरह मा नाची रहे
दुखः सबै तल बिसाए
बन्धनबाट म मुक्त भएँ
बादलको शितलतामा, आकाशको मन्चमा
पुतली सरह म नाची रहे
Showing posts with label निकिता मिश्र पाण्डेय. Show all posts
Showing posts with label निकिता मिश्र पाण्डेय. Show all posts
Saturday, December 2, 2023
Saturday, December 10, 2022
कविता : म के लेखुँ कविता
~निकिता मिश्र पाण्डेय~
धेरै सोंचे घोत्लिएँ
लेख्न बसें एउटा सानो भावना
अहँ पटक्कै शिर्षक धरी आएन
कसरि पुरा गरुँ कविता लेख्ने चाहना
शुक्रबारको दिन थियो, मोमो पाकेको थियो
परिवार मख्ख थिए, मीठो मानि खाँदै थिए
ओहो यहि क्षणको बारेमा लेखुँला सोच्दै थिएँ
अचार अलि खल्लो भो श्रीमान ले भनिदिए
अहँ अब फुरेन मेरो कविता
धेरै सोंचे घोत्लिएँ
लेख्न बसें एउटा सानो भावना
अहँ पटक्कै शिर्षक धरी आएन
कसरि पुरा गरुँ कविता लेख्ने चाहना
शुक्रबारको दिन थियो, मोमो पाकेको थियो
परिवार मख्ख थिए, मीठो मानि खाँदै थिए
ओहो यहि क्षणको बारेमा लेखुँला सोच्दै थिएँ
अचार अलि खल्लो भो श्रीमान ले भनिदिए
अहँ अब फुरेन मेरो कविता
Saturday, November 2, 2019
कविता : नबुझेको युद्ध
~निकिता मिश्र पाण्डेय~
भींडमा दौडिन्छु आँत्तिएर
बाबा आमा हुन् कता
खैलाबैला कोलाहाल
छ यता उता ।
पछाडि हेर्न डर लाग्छ
साथी ढलेको पो देख्छु
अगाडि बाढ्न कर लाग्छ
कहीं पुग्छु कि सोंच्छु ।
भींडमा दौडिन्छु आँत्तिएर
बाबा आमा हुन् कता
खैलाबैला कोलाहाल
छ यता उता ।
पछाडि हेर्न डर लाग्छ
साथी ढलेको पो देख्छु
अगाडि बाढ्न कर लाग्छ
कहीं पुग्छु कि सोंच्छु ।
Sunday, June 23, 2019
कविता : उपहार
~निकिता मिश्र पाण्डेय~
उपहार के दिउँ तिमीलाई प्रिय
तिमी नै छौ मेरो उपहार
प्रेमाको किरण आस्थाको दियो
उज्यालो मेरो जीवनको तिमी आधार ।
बेघर हुँदा तिमीलाई ओछ्याउन दिन सकूँ
कम्पन हुँदा तिम्रा हात थाम्न म सकूँ
अन्धकारमा पुरिँदा दियो म दिन सकूँ
गुथ्थी पर्दा जीवनमा सुल्झाउन म सकूँ ।
उपहार के दिउँ तिमीलाई प्रिय
तिमी नै छौ मेरो उपहार
प्रेमाको किरण आस्थाको दियो
उज्यालो मेरो जीवनको तिमी आधार ।
बेघर हुँदा तिमीलाई ओछ्याउन दिन सकूँ
कम्पन हुँदा तिम्रा हात थाम्न म सकूँ
अन्धकारमा पुरिँदा दियो म दिन सकूँ
गुथ्थी पर्दा जीवनमा सुल्झाउन म सकूँ ।
Subscribe to:
Posts (Atom)