Sunday, April 12, 2020

कविता : धन्य कोरोना

~धन मल्ल श्रेष्ठ~

हिमालहरू अझै शुन्दर शान्त देख्छु
समुन्द्र अझ महाशान्त देख्छु - २
तर पहाडको थुम्का देखि
समुन्द्रको किनार सम्म
यो सन्सारमा आज
मान्छेहरु त्रसित अनि आक्रान्त देख्छु ।

न देख्छु खुकुरी खोडा तन देख्छु बम बारुद गोला - २
शुक्ष्म अदृष्य कोरोना तिमीले
गरिरहेछौ ध्वन्स यो मानब चोला।

नभचर आकाशमा उडेकै छ्न
जलचर पानीमा रमाएकै छ्न -२
तर यो दुइ खुट्टे थलचर
मै हु भन्थ्यौ शृस्टीको
पछार्छु भन्थ्यो सबैलाइ
तर आज अदृश्य कोरोनाबाट
डराइ रहेछौ घरभित्त्त्रै लुकिरहेछौ

भाग्ने ठाउ अब कतै छैन
तर जाग्ने ठाउ अब धेरै छन -२
सन्सार सबैको साझा हो
अब बुझ्ने कुरो धेरै छ्न्।

कोरोनाको पनि आफ्नै घर होला
जहान परिवार गाउ सहर होला -२
तर बाटो बिराएर,
मान्छेले चलाएर
मानबबस्ति छिरेछ,
अनि बिध्म्स गर्न थालेछ

सर्बे भबन्तु शुखिन
सह अस्तित्व जानेर

सबै मिली कोरोनालाइ अब
उस्को आफ्नै गाउ पठाउनु छ -२
यो सन्सार सबैको साझा हो
सबै मिलि यहा बाच्नु छ्। -२

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment