Sunday, April 12, 2020

कविता : गह्रुङ्गो हावा


~लेखनाथ काफ्ले~

रित्तिएको छु
एक्लिएको छु
थाह छैन किन आज
पिल्सिएको छु

भिंडमा हराउँछु तर कोही देख्दिन
मनमा कती कुरा छन् भन्न नि सक्दिन


उकुसमुकुस भएर गुम्सिरहेछु
सोंचको आँधिबेहरीमा उडिरहेछु ।

गाडी सडकमा गुडाउँछु, दिमाग गुडाउन सक्दिन
थाहा छ स्वतन्त्र छु, आफूलाई उडाउन सक्दिन ।

वाध्यताको भूमरिमा रुमालइेर छट्पटाईरहेछु
आँफैसँग आँफै लडेर सँधै खट्पटाईरहेछु ।

थाह छ दोष कसैको हैन, दोषी त मै हुँँ
मैले समयलाई चिन्न सकिन, अनी समयले मलाई चिन्न सकेन
तर पनि म दोषी हुँँ भनेर मेरो मनले मान्दै मन्दैन
द्वन्द्व गर्छ मसँगै, हराउँछ मलाई तर राजा गर्न जान्दैन ।

न यता न उताको, रङ्ग बिनाको फूल बनेर
आँफै भित्र फुलेरहन्छु
धेरै चोटि ओीलाउँछु, मात्र कहिलेकहीं फुल्दछु ।

यो रित्याई, एक्ल्याई, र खालिपनको
गह्रुङ्गो हावालाई बोकेर माईल्सको
हावाई यात्राामा निस्किएको छु
डर छ, कतै बिमान आकाशमैं नपड्कियोस्
डर छ, कतै बिमान Take off गर्दा Runway भन्दा भाहिर नजाउस् ।  


(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment