Sunday, April 12, 2020

कविता : कोरोना प्रकोप

~शर्मिला पोखरेल~

कोरोना भारसको प्रकोप छ जहाँ त्यहीँ
फैलिएको छ विश्वभरी नै यसको महामारी ।
चिनको वुहानबाट आयो यो यसरी
संसारलाई नै हल्लायो बेसरी ।
सबैतिर बढीरहेछ यसको कहर
मृत्‍युलाई आफ्नो बनाई हर प्रहर । थकित छन् सारा विश्व
थकित छन् बमा बारूदका ठेकेदार
निर्मूल पार्ने हैन हालसम्म
बन्न सकेको छैन कुनै हतियार
छैन यस्को औषधी न कुनै दवाई
न त हुने यसको अच्युत वाण ।
सयकडा हजारमा मात्र होईन
लाखौंंको लिई सक्यो ज्यान
साबुन पानीले हात धोई, सबैले दूरी कायम गरौं ।

अङ्कमाल र हात मिलाई हैन, नमस्कारले अभिवादन गरौं
लकडाउनलाई साथ दिई, यसलाई साथ दिऔं ।

काम छैन भने बेकारमा रहरले कतै नघुमौं
हजुर हामी सबैले आफू र अअदन्तलाई बच्चाउनु छ ।
मानवअको शत्रु कोरोना भाईइरसलाई संधैको लागि हराउन पर्छ ।

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment