Showing posts with label सोम खनाल. Show all posts
Showing posts with label सोम खनाल. Show all posts

Saturday, July 29, 2017

छन्द कविता : नारी

~सोम खनाल~

थामेर श्रृष्टी जगतै चलाइ
बांडेर शान्ति सबको भलाइ
सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी
भने तिनै हुन् शील-योग्य नारी ।

कस्तै कहरमा पनि हार नमानी
कर्तब्यमा टिक्नु छ भन्ने ठानी
लुकाइ पीडाहरू पन्ध्र भारी
बाड्छिन खुसीका पल भद्र नारी ।

Saturday, November 5, 2016

छन्द कविता : साथी

~सोम खनाल~


छन्द : शार्दूलविक्रीडित

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन्
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन्
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन्
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् ।

साथी हुन्न कदापी दुष्ट कहिलै न दिन्छ कष्ट कतै
स्वार्थी हुन्न कदापी इष्ट कहिलै उ हुन्छ प्रष्ट सधै
साथी सुन्छ सधैं अदृष्य मनका कुरा छिपेका सबै
राखिदिन्छ तर बडो जतनले विश्वासघाती नभै ।

Saturday, September 26, 2015

कविता : प्रश्न

~सोम खनाल~



के छ यो टाउकोमा र यती भारी हुन्छ ?
यो मन किन डाडा वारी कहिले पारी हुन्छ ?
मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ?
किन छाती अनायसै आशु झारी रुन्छ ?

को हो गरीब को हो धनी, के हो आखिर धन ?
कुन चै धनले चोखो माया किन्न सक्छ भन ?
थैली भरी पैसा बोकी खुशी किन्न आको ?
भावनाको मोल किन यति सस्तो भाको ?


केलाई पर्खि बस्छ देउता आंखा तन्काएर ?

Saturday, November 22, 2014

कविता : फर्कि आउनेछु

~सोम खनाल~

शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको
कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको
स्मृती मीठो आतैमा बोकि छोडेर आको छु
मुटुमै रोपि देशको माया गोडेर आको छु ।


थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा
बिरह बनि के बग्छ सधै रसीला आखामा
म टाढा हुन्न ती आखाबाट ओझेल परेर
फर्केर आउछु म हैन गा'को बसाई सरेर ।

Saturday, November 16, 2013

कविता : शब्दहरु

~सोम खनाल~

शब्द नै रसिला कस्ता,प्यास नै पो मेटाउने
शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने
शब्दका छहारी शीतल, शब्दैका झरना झरी
एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी ।


शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा
शब्दले डढेलो लाग्छ, शब्द उम्रन्छ अंकुरा
शब्द लगाएर पैंचो, उधारो बाच्छ जिबन
शब्दैका मोहनी,माया, सपना साँच्दछ मन ।