Sunday, April 12, 2020

कविता : कोरोना

~शान्ता पाण्डेय~

कोरोना भाइरस कोरोनाले त्रास ल्यायो जगतमा आज ।
त्यै त्रास ले भयो हाम्रो घर भित्र बास ।।
कस्तो शत्रु आइ लाग्यो जगतमा आज ।
आफन्तलाई टाढा राखी क्वारेन्टाइन मा बास ।।
डाक्टरहरू थालेकाछन् शत्रु सँग लड्न ।
अस्त्र शस्त्र केहि छैन कोरोनासँग भिड्न ।। हस्पीटलका बेडहरू भरीभराऊ भाछन् ।
छटपटाइ बिरामीहरू देह त्यागी राछन् ।।
बाल बुढो कोहि पनि भन्दैन है यस्ले ।।
बुढाबुढी पायो भनी झनै निल्छ त्यस्ले ।।
द्वापर युगमा कबज लाथे शत्रु सँग लड्दा ।
त्रेता युगमा धनुषबाणले परास्तपो भाथे ।।
कलियुगमा सारै गाह्रो युध्द भैनैराछ ।
कबज धनुष केहि पनि काम नलाग्ने भाछ ।।
कहिले आउछ त्यो दिन है कोरोनालाइ जित्ने ।
जिने दिन हामी सबै नाची खुसी हुने ।।
 
(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)  

No comments:

Post a Comment