Sunday, April 12, 2020

व्यङ्ग्य कविता : आलु जिन्दाबाद

~अबिमन पसछें~


अहिले सबै बोराको आलु जस्तै घरमा गुम्सीएर ब
आलुको गुनासो
म आलु
(Background hahahah)
कीन हॉस्नु भाको आलु भनेर हेप्नी
नभई पनि नहुने
जे संग पनि मिसाउने
गेडागुडीसंग त ठीक छ
त्यो कुहीयको गुन्द्रुक संग मिसाउने
म कूहूयो भने चाहीं आलु कुहीयको जस्तो कुहीयो भनेर हेप्ने
त्यो कुहीयको गुन्द्रुक चाहीं जीब्रो पडकाई पडकाई खाने ?

हेप्न पनि कति हेप्या होला मान्छे
नपढेर फेल हुने अनि आलु खाईस भनेर मलाई दोष आउने
हुँदा हूँदा म भुईं मुंतिर फल्ने आलुलाई
प्रहरीले न्यायको सट्टा डण्डा बर्साएर
तालुमा आलु खेती गरने सम्म गर्या छ

आलु खान नपाएर सर्बहारा कहलाइनेहरु
आज आलुमा जातै नचल्ने कार्ब हुन्छ रे भन्ने आधुनिक भा छन

फेरी शहरका ऊरन्ठेउलाहरु
घरमा आलु पकाए महाभारत मचाउने।
रेष्टुरेन्टमा चाहीं फ्रेन्च फ्राई डबल पनि हैन चौबर महंगो भए पनि नभई नहुने
त्यो पनि पट्टिनै बाकी बिपरीत लिंगी लाई रिझाउन

यस्तैमा यु टूबे ले हेपेको हेर न
आलु समाचार आयो नेपालबाट भनेर: माग्नेले माग्न नपाईन् रे ।
मागने काम सरकारको हो हामीलाई चुनौती दिन नपाउने भनेर ।
त्यो आलु जस्तो नेतालाई म संग दॉज्ने।

ल ल यिनीहरुले गर्दा मैले आफ्नै बेज्जत गरेछु।

अहिले कोरोनाले बन्दी बनाउंदा त
मेरो खुब काम लाई रा छ नी।
तिमीले पनि दुई धार्नी बोकेर ल्यायौ नी हिजो ।
 सस्तो भरपर्दो टिकाउ टन्न पेट पनि भरिने ।
ल अब आलु महात्मय गाएर आलु

जिन्दाबाद भन्नुस।आलु जिन्दाबाद

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment