Saturday, April 21, 2012

लघुकथा : गुनासो

~अविमन पसछें~

"हेर हेर   दुब्लाएको" साहु चिन्तीत बोलीमा गोठ भित्र पस्यो ।
दुध दुहंदै गरेको थकित हर्के साहुको मायालु बोलि सुनेर अचम्म  मानेर  साहु तिर हेर्छ।



" हर्के के हो ?" साहुको जंगी आवाजले गोठै थर्किन्छ।  



"हजुर मालिक"  केही   बिराएको स्वर बिलिन हुन्छ गोठमा।



"दशैँ नजीक आउंदै छ बोका त झन् झन् दुब्लाउंदै  छ नी" बोकालाई उचाल्दै  कराउंछ साहु।


 "आजकाल तिमीलाई पनि गणतन्त्र आए जस्तो छ। काम मा भन्दा अन्तै  ध्यान देख्छु" थप्छ साहु।