~युबराज तिमल्सिना~
ऊ जन्मिन्छ खरको छानोमुनी
त्यो डाँडाको थुम्कोमा उसको सानो घर छ
उसको जन्म केवल जनको लागि मात्र होईन
कयौं सपनाहरु उसँगै हुर्किन्छन् ।
उसको बुवाको हातमा कहिले ठेला छुटेन
उसको आमको पेट एक छकले नै भरिन्थ्यो
त्यसैले ऊ जन्मको लागि मात्र जन्मेन ।