Sunday, April 12, 2020

कविता : क्यालेण्डर


~मित्र पौडेल~

एउटै ब्रित्तमा सदियौबाट घुमी रहेको घडीको सुईले
चेतनामा थोरै घोचेर भन्यो
"म प्रत्यक कोठाको क्यालेण्डर फेर्ने हैसियत राख्छु ।"

अनी

भित्तामा अन्तिम श्वास लिँदै झुण्डी रहेको क्यालेण्डरका पानाहरूमा हेरे
समयको सियोले घोचेर निकालेको
आफ्नै मुटुका रगतका छिटाहरू देखे ।
जिन्दगीको आकाशलाई गर्तमा लुकाएर छरिएको
असफलताका काला निला बादलहरू देखे ।

हे उदास आइतबार
तिमीलाई पनि मार्नेछ यही घडीको टिक् टिक् आवाजले
अनी म फल्नेछु कच्याक कुचुक पारेर
बरेङ्ग बनाएर रङ्गीन बनेको यो क्यालेण्डरलाई ।

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment