Saturday, February 29, 2020

कविता : ठिटा सुभांगे

~सन्तोषी भण्डारी~

वास्तविक समाजका दर्पण र तिनै समाजप्रति जीवन अर्पण
कलम र मसी यिनै समाजलाई सदा समर्पण ।
आफ्नै घरको मझेरीबाट जातीय र वर्गीय वि भेद विरुद्ध शंखनाद गर्ने ।
जाती र धर्म विहीन मनुवा ।

जो इतिहासको मसानघाटबाट निस्कदै
मसीरूपी रगतको खेल्दै
सामन्तवादी राज्यसत्ताका अगुवा र हेपुवालाई कलमी झटारोले तर्साउने ।
कुनै गुन्जायमान संगीतसँग हैन जुनकिरीको संगीतमा रमाउने ।

ढ़ीडो पीठोले अघाउने।
सिमान्तकृतवर्गका करुण प्रलापहरू सुनाउने।
हाम्रा यी कुन्सांगकाका अब काका मात्र हैनन् हाम्रा बा नै हुन ।
हाम्रा बा पहिले नै बा थिएनन्
हाम्रा बा ठिटा थिए।
धेरै छिटा थिए।
नेपाली साँस्कृतिक आन्दोलनका कलमी मसीका बाछिटा थिए ।
तसर्थ अरुण र तमोर देखि महँग्दी र सेती सम्म पुगे।
नेपाली माटोको वास्तविक सुगन्धलाई सुंघे।
हातमा कलम लिई उठे।
हाम्रा बा नेपाली अन्तरमनका कुईनेटाहरूमा कुदिएँका छन ।

हाम्रा निम्ती जहिले ठिटा यी बाका शरीरमा ठिटौले रगत प्रवाह भैरहन्छ।
त्यसैले कलमका तिखा टुप्पाले घोची घोची रगत निकाली रहन्छन्।
यसरी हाम्रा बा र बा जस्ताले जती रगत बगाए पनि
समकालीन नेपाली समाजका शासक भनाउँदाहरु
सबै पुंगमांगे हो तिनै बिब्ल्याटा शासकका
ख़बरदारीका प्रतिक हुन् ठिट्टा सुभांगे!!!!

-संतोषी भण्डारी
म्याडिसन विस्कन्सिन

(फेब्रुअरी २९, २०२०का दिन "सगरमाथा बुक कल्ब"को आमन्त्रणमा आउनुभएका मुख्य अतिथी आदरणिय खगेन्द्र सङ्ग्रौला ज्यूको साक्षात्कार कार्यक्रममा वाचन गरिएको कविता । )

No comments:

Post a Comment