
पुरै विस्वनै थप्प रोकियोको बेला
यो "समय"(Time) भने अटेरि भै
"टिक" "टिक्" गरि चलिराखेको नै छ्
यो कस्तो नाठे "समय"
सिङै विस्वनै माहामारिको पिडामा
यो "समय"(Time) भने कति कठोर रहेछ्
बल्लपो थाहा भयो, यसको त मुटु नै नरहेछ्
यो कस्तो मर्महिन "समय"
सम्पुर्न विस्वनै त्रास र भय ले गुर्जिरहेको बेला
यो "समय"(Time) कस्तो नौन्टकि पो रहेछ्
टिक टिक आवाज को धुनमा मस्त नाचिनै राखेको छ
यो कस्तो शर्महिन "समय"
सुईले घडिमा कति फन्को मारिसक्यो
क्यालेन्दरका पाना हरु कति फेरिसक्यो
य "समय"(Time), कहिले पो दिनेहो हाम्रो साथ् ?
य "समय"(Time), के को लागि कुर्दै छ्हस ?
गर छिटै यस्को नाश
जिउन देउ "खुशि" साथ्
"शान्ति" सङग जिउनु हाम्रो हक्
"रोशनि" फैलाउनु हाम्रो भाग
२०७७ सालले खुसी, शान्ति र रोशनि ल्यायोस यहि छ नव बर्षको शुभकामना !
- बाल्टिमोर, मेरिल्याण्ड
(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment