Showing posts with label अनिमा ढुङ्गेल. Show all posts
Showing posts with label अनिमा ढुङ्गेल. Show all posts

Saturday, December 2, 2023

कविता : आमाको खास्टो

  ~अनिमा ढुङ्गेल~

धेरै टाढा विदेशमा पढ्न जाँदै छौ छोरी
भन्दै आमाले चिन्ता गर्नु भयो
एक सुट्केस त लुगाले भैसक्यो भारी
तर आमाको खास्टोले हलुका बनाई दियो

भाडामा लिएको कोठा आफ्नो बनाउनु थियो
वल्लो, पल्लो, तल, माथि बसेकाहरूसँग
चिन जान गर्नु थियो
आमाको खास्टो पट्याउँदै तयार भएँ
भित्र बाहिर गर्दा गर्दै साथीहरू बनाएँ

Saturday, September 17, 2022

कविता : मायाको गुञ्जन

 ~अनिमा ढुङ्गेल~

आँखामा आँखा जुदाउँछु
मन भावुक हुन्छ
नजिक सरेर सुमसुमाउँछु
हत्केलाहरू उस्तै रमाउँछन्
सँगै घुम्न भनेर हिंड्छौं
पाईला उत्साहित हुन्छन्

कविता : यो माझको सीमा छैन

~अनिमा ढुङ्गेल~


मेरो मुटु छ ब्रम्हाण्ड जत्रो
जे जती सारा अटाउन
मानवता छ जुन यत्रो
को, कती, कुनै पर्दैन कटाउन ।

चरा, चुरुङ्गी, जीव, जन्तु