Showing posts with label निजानन्द मल्ल. Show all posts
Showing posts with label निजानन्द मल्ल. Show all posts

Saturday, August 1, 2020

कविता : चुसेर फूलको रस

 ~निजानन्द मल्ल~

चुसेर फूलको रस बनॉउछ मह माहुरीले जसरी।
बॉसको ढुंग्रो खोपेर टबज्छ मिठो धुन बॉसुरी।।

तिल मै तेल छिपेको हुन्छ पेलेर नै निस्कन्छ।
दुध मै हुन्छ ध्यु मथेर दहि अनि नौनी तैरिन्छ।।

Saturday, November 18, 2017

कविता : मातृभूमि मेरो नेपाल

~निजानन्द मल्ल~

लाग्दछ प्यारो मलाई सधैं मातृभूमि मेरो नेपाल ।
उर्वर तराई, पहाड़ हरियाली अनि सुन्दर शान्त हिमाल ।।

झर्झर झरी रहने झरना सधैं सबैको मन लोभ्याउदछ ।
सर् सर् बहने शितल बतासले तन्द्राबाट ब्युझॉउदछ ।।

निर्मल जल बग्दछन् यहॉ कति गण्डकी, कोशी र कर्णाली ।
राष्ट्रको सिमा छुट्याउदछ पुर्वमा मेची र पश्चिम महाकाली ।।