Sunday, April 12, 2020

कविता : म तिम्रो

~प्रदीप केसी~


माछा देखे ठुलो हात, सर्प देखे भाग्ने
सर्प देखे पनि माछा देखे पनि हात मेरो ठुलो भाछ
राम्रो भए पनि नराम्रो भए पनि म तिम्रो
तिमी के हो भन्न सक्दिन
माछा देखे ठुलो हात, सर्प देख्ने भागने
दुबइ परिस्थिती चलिरहन्छ, समाजको साईट
औंसी, पूर्णे, सूर्य, चन्द्र, रात, अन्धकार,
साँझ, बिहान, चिसो, तातो, हावा, हुरी,
शित, आँधिबेहिरी, समय गईरहन्छ, आईरहन्छ ।

म त्यसको अंश भएर धर्तीमा आएँ
कती समय बस्दछु, मलाईइ थाहा छैन
म यही धर्तीमा भए पनि, एक ठाउँमा
सरल, त्यही राम्राा कुरा अर्कोलाई ज्यादै
प्रतिकुल, हिङ्स्रक जन्तुको के भो ?

यस परीवेशको निर्माण मैले गरेको होईन
ठाउँँ, परिस्थिती, समाजले गरेको बिक्रिती
संस्क्रिती, दृष्‍टिकोण, Negative ,
Positive, आमा एउटै फरक फरक आमाबाट जन्मेकाहरूको खेल,
खेल एउटै दृष्‍टिकोण फरक, कार्य फरक, जीवनशैली भरक, खानपान फरक ।
कोही आगोका झिल्का - डँडेलो लगाउने, समाजमा हिंडेको,
कोही समाजअको आगो निभाउन दमकल लिएर हिंडेको,
कोही कसैको घर खरानी भएपछी
धनी हुने मैका लिएर हिंडेको,
माछा देखे ठुलो हात, सर्प देखे भाग्ने
सर्प देखे पनि माछा देखे पनि हात मेरो दुलोमा
राम्रो भए पनि नराम्रो भए पनि म तिम्रो
तिमी को हो भन्न सक्दिन ।
   
(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment