Sunday, April 12, 2020

पुष्कर लोहनीका आठ हाइकु

~पुष्कर लोहनी~


तेजिलो आँखा
छिर्न खोज्छ अँध्यारो
मनै भरङ्ग ।


भरिन्छ आँफै
कुलो छेड्दै बगेको
आँफै ठोकिन्छ ।


कामा धेनु पो
खोंचबाट बगेको
सेताम्मे गङ्गा ।


पवित्र मोक्ष
सागरको दर्शन
जल छर्किंदै ।


सफा गिंलास
उबाएँ चिसो पनि
नदी तरेर ।


कती पिउनु
तन्काउन थालेको
थुप्रोको थुप्रो ।


पचेको लाज
भमराको चुसाई
फूल नै लठ्ठ । 

८ 
सम्झें बिरालो
चाट्न खोजेको माया
जुठो परेछ ।


(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा पठाईएको हाइकु आविष्कार भारतीद्वारा वाचन गरिएको ।)

No comments:

Post a Comment