Showing posts with label सिजन पण्डित. Show all posts
Showing posts with label सिजन पण्डित. Show all posts

Saturday, November 5, 2016

कविता : गन्तब्यको खोजी

~सिजन पण्डित~

एउटा किनार जहां म सुस्ताउन सकुं, सन्तुष्ट हुन सकुं
आफू हास्दै दुनियालाई खुशी देख्नु सकुं ।
हो, म त्यही गन्तब्यको प्रतिक्षामा
हिड्दै थिएं, अलिकति भएपनि पाइला चाल्दै थिएं ।

बाटोका किनारहरू अनेक थरी कुनै हरीया, कुनै उजाड
कतै फोहोरको डङ्गुर त कतै सुन्दर बाग
पाउहरू गल्थे, थलिन्थे, कहिले ढल्थें पनि
तर पनि म हरियालीको अपेक्षामा तङ्ग्रीन्थे अनि
जुर्मुराएर उठ्थे उही गोरेटोमा हिड्न ।