~डा. रमेश खनाल~
Showing posts with label रमेश खनाल. Show all posts
Showing posts with label रमेश खनाल. Show all posts
Saturday, August 1, 2020
Saturday, November 18, 2017
कविता : म के गरूँ
~डा. रमेश खनाल~
सुर्योदयको
रंगिन लालीमासंगै
धरतिभरि
फैलिएको सौन्दर्य
सबैको
हृदयमा छरिदिने मेरो उत्कट चाहना
मन भरि साँचेर
तीनै आँखाले देख्ने सम्पूर्ण चराचर जगत उपर
पोत्ने
मेरो अभिलाषा
र
कल्पनातीत यस ब्रह्माण्डका
कणकणमा
फैलाउने मेरो रोमान्चक प्रवृत्ति
सधै
अपुरो, अधुरो
रहन्छ,
म
के गरूँ, म के गरूँ ।
Saturday, July 29, 2017
कविता : अर्पण
~डा. रमेश खनाल~
तुम्हारे पास रहने कि
मेरी चाहना
तुम्हारे चरणों के नीचे बैठने कि
मेरी तमन्ना
तुम्हारे ही "माया मेट्रिक्स" के बदौलत
पता नहीं कब तक पुरी नही होगी
और मैं बिन पानी के मछली कि तरह
तुम्हारे पास रहने कि
मेरी चाहना
तुम्हारे चरणों के नीचे बैठने कि
मेरी तमन्ना
तुम्हारे ही "माया मेट्रिक्स" के बदौलत
पता नहीं कब तक पुरी नही होगी
और मैं बिन पानी के मछली कि तरह
Saturday, April 15, 2017
कविता : सम्झना
~डा. रमेश खनाल~
जीवनलाई जिउने क्रममा
या भनौं जीविकोपार्जनको शिलशिलामा
जिन्दगीका आरोह अबरोहहरुको एउटा शृङ्खला
अर्को एउटा खुट्किलो उक्लिने प्रयत्न
माया, प्रेम र स्नेहको थैली नभरिदै
मेरो आफ्नै आत्मियता समेत
स्वयं रित्तिने गरी दिन नपाउदै
अलिकति खल्लो मन लिएर
केहि गरुङ्गा पाइला लिएर
Saturday, March 4, 2017
कविता : प्रार्थना
~डा. रमेश खनाल~
सुन्दर स्निग्ध बिहानीसँग
मेरो हृदयभरी फैलिएको प्रकाश
माया, प्रेम र समर्पणले
सम्पूर्ण ब्रह्माण्डलाई आलिङ्गनमा समेट्न चाहन्छ
परन्तु तिमीले रचेको अशिमइत विश्व
तिम्रो अभिव्यक्तीको अखण्ड अस्तित्व
मेरो स्थूल कायाको पारीधीभित्र कसरी अट्नु
मेरा इन्द्रियहस्रुको घेरोभित्र कसरी आउनु
न त मेरो सिमित ज्ञानद्वारा बोधगम्य नै हुन सक्नु ।
सुन्दर स्निग्ध बिहानीसँग
मेरो हृदयभरी फैलिएको प्रकाश
माया, प्रेम र समर्पणले
सम्पूर्ण ब्रह्माण्डलाई आलिङ्गनमा समेट्न चाहन्छ
परन्तु तिमीले रचेको अशिमइत विश्व
तिम्रो अभिव्यक्तीको अखण्ड अस्तित्व
मेरो स्थूल कायाको पारीधीभित्र कसरी अट्नु
मेरा इन्द्रियहस्रुको घेरोभित्र कसरी आउनु
न त मेरो सिमित ज्ञानद्वारा बोधगम्य नै हुन सक्नु ।
Saturday, November 5, 2016
कविता : साधना
मलाई राम्ररी थाहा छ
तिमीले छरेका अनगिन्ती मोतीहरू टिप्ने प्रयासमा
मैले थुप्रै ढुङ्गा र गिटीहरु टिपेको छु
हात भरी माटो र शिर भरी फ़ोहर बोकेको छु
तथापि त्यसलाई समेत
तिमीले दिएको उपहार सम्झेर
आभूषण झैं हर पल धारण गरिरहेछु
तिम्रो अनन्य कृपा स्वरुप
निरन्तर ग्रहण गरिरहेछु।
असिमीत आकाशको उचाई नाप्ने दुस्साहसमा
Saturday, October 1, 2016
कविता : आराधना
~डा. रमेश खनाल~
मस्तिष्कले तिम्रो सम्झना गर्दा गर्दै
हृदयले तिम्रो आराधना गर्दा गर्दै
जन्म जन्मातारको द्वैधताले होला
तिम्रो अद्वैत, अपरिमित अस्तित्वको पहिचान
मेरो पन्चेन्द्रियको परिधि बाहिर रहे, बाहिरै रहे।
वेदका ऋचाहरु
मधुर संगीतको सुमधुर धुन भन्दा कर्णप्रिय रहे
तथापि मेरो आफ्नै आवाज भने
लय र ताल बिनाको मादल झैं
कर्कश, प्रस्फुटनहीन
मस्तिष्कले तिम्रो सम्झना गर्दा गर्दै
हृदयले तिम्रो आराधना गर्दा गर्दै
जन्म जन्मातारको द्वैधताले होला
तिम्रो अद्वैत, अपरिमित अस्तित्वको पहिचान
मेरो पन्चेन्द्रियको परिधि बाहिर रहे, बाहिरै रहे।
वेदका ऋचाहरु
मधुर संगीतको सुमधुर धुन भन्दा कर्णप्रिय रहे
तथापि मेरो आफ्नै आवाज भने
लय र ताल बिनाको मादल झैं
कर्कश, प्रस्फुटनहीन
Saturday, May 28, 2016
गीत : जलिरहेछ यो एउटा मुटु
![]() |
आएर याद बिछट्ट उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन
कसरी भनूँ चाहेर पनि सुखी छु भनेर
अस्ताइसकेको सूर्यमा बिस्कुन सुकाउछु भनेर
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन
जलिरहेछ यो एउटा मुटु खरानी बन्नलाई
देह त आखिर नश्वर नै हो अग्निमा जानलाई
आएको एक्लै जानु छ् एक्लै तैपनी यात्रामा
Saturday, September 26, 2015
कविता : अनुरोध
~डा. रमेश खनाल~
हे, मेरा प्रिय बन्धुहरु
हे, मेरा प्रिय मित्रहरु
आउ, मेरो हार्दिक अभिनन्दनलाई स्वीकार गर
मेरो हृदयका पुष्प गुच्छाहरुलाई साधिकार ग्रहण गर।
श्वेत हिम शिखरहरु सुर्योदयको लालिमाले स्वर्णिम बनेका छन्
अब एउटा नूतन युगको आबिर्भाव गर्नु परेको छ
हे, मेरा प्रिय बन्धुहरु
हे, मेरा प्रिय मित्रहरु
आउ, मेरो हार्दिक अभिनन्दनलाई स्वीकार गर
मेरो हृदयका पुष्प गुच्छाहरुलाई साधिकार ग्रहण गर।
श्वेत हिम शिखरहरु सुर्योदयको लालिमाले स्वर्णिम बनेका छन्
अब एउटा नूतन युगको आबिर्भाव गर्नु परेको छ
Saturday, November 22, 2014
कविता : नारायणीसँग
~डा. रमेश खनाल~
आईरहेछु दर्शन अन्तिम गर्न
टलपल टलपल गर्दै नयन
जान्छु अब हे, प्रिय सखे
पवित्र स्मृति सँचिराखे ।
महानदि मेरो स्वीकार बिदा
देखाई आफ्नो सौन्दर्य छटा
म जान्छु तिमीदेखी दूरस्थलमा
आईरहेछु दर्शन अन्तिम गर्न
टलपल टलपल गर्दै नयन
जान्छु अब हे, प्रिय सखे
पवित्र स्मृति सँचिराखे ।
महानदि मेरो स्वीकार बिदा
देखाई आफ्नो सौन्दर्य छटा
म जान्छु तिमीदेखी दूरस्थलमा
Subscribe to:
Posts (Atom)
