Sunday, April 12, 2020

गजल : रहर आयो


~मित्र पौडेल~

क्या रहरै रहरमा रहर आयो
नदी अगाडि बगर आयो ।

दोषी अनशन बस्छ जेलमा
यता जुस पिलाको खबर आयो ।

मुटु राखेर फूल पठाएँ
प्रियााको जवाफमा पत्थर आयो ।

आसै आशमा जीवन बिते
बर्षौंबर्ष पछी छोरो घर आयो । 

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment