Sunday, April 12, 2020

कविता : सुक्ष्म शत्रु





~अर्चना धाख्वा~

दिन र रात को सिमाना हुन्थ्यो
दिन उर्बर, रात शान्त सुत्थ्यो।
पाँच इन्द्रियको आधार बनाई
छैठौं चित्तले फाइदा लुत्ठ्यो।।

आज यो विश्वोको कस्तो मज्बूरी
बसेकाछन् मानव स्वछन्दता कुरी ।
सामाजिक प्राणि समाज बिहिन छन्
व्यक्ति व्यक्ति बिच सामाजिक दूरी।।


अदृश्य  प्रहारले न धनि गरिब माने
न हिन्दु मुस्लिम, इशाई भन्दै छाने।
ठुला बडा पनि त्यही चपेटामा
जुन कहरले सानातिनालाई ताने।।

यो युगमा कमजोर राजनैतिक शक्ति
कमजोरै ठहरियो ईश्वरको भक्ति।
सुक्ष्म शत्रुको भिषण प्रहारमा
मात्र स्वयम् मा मिल्यो गर्न शख्ति।।
मात्र स्वयम् मा मिल्यो गर्न शख्ति।।।

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment