Showing posts with label विश्वजीत अधिकारी. Show all posts
Showing posts with label विश्वजीत अधिकारी. Show all posts
Saturday, November 17, 2018
कविता : 'म'को अर्थ
~विश्वजित अधिकारी~
म मेरो कथाको राजकुमार 'म'
शब्दको अर्थ कसलाई सोधुँ भन्छु ।
म को हुँ, म कहाँ छु, म कस्तो छु
साँच्चिकै 'म' म नै हो त ।
सबै भन्छन् 'म' आफू स्वयं
एउटा मात्र म हो ।
तर म भन्छु 'म' दुईवटा म पनि हो
एउटा म दुरुस्तै म जस्तै हो
अर्को म उस्तै अरुहरु जस्तै हो ।
Saturday, March 24, 2018
गजल : सुरु देखि नै
~विश्वजित अधिकारी~
आँखामा जब राखीयो रहर सुरु देखि नै
मधुरा बने मेरा नजर सुरु देखी नै ।
सब चिजको सुरुवात र अन्त्य एउटै हुँदैन
हिट्लर पनि थिएयन हिट्लर सुरु देखी नै ।
Saturday, March 4, 2017
अगजल : आजभोली
~विश्वजित अधिकारी~
जे गरौं जसो जसो गरौं जतासुकै लै'जाउ जेमा पनि करार छ आजभोली त ।
सँगै बस्ने नङ्ग मासुमा नै पनि दरार छ आजभोलि त ।
किन बेच हुन्छ मायामा पनि
दिल बेच्ने कै बजार छ आजभोलि त ।
Saturday, November 5, 2016
कविता : बनायौ भगवान
~विश्वजित अधिकारी~
संसार बनायौ भगवान तिमीले
धर्ती आकास बनायौ, पानी बनायौ
फुटाइ छाती अन्नको खानी बनायौ
धेरै बनायौ, छानी छानी बनायौ ।
जन्माइ नानी, फेरी जवानी बनायौ
चेतना भएको मानव जाती हामीलाई
तिमीले रुप रंग अनेक अनेक बानी बनायौ
कसैलाई ठूलो, कसैलाई सानी बनायौ ।
Saturday, January 2, 2016
कविता : मेरा श्रीमानहरु
~विश्वजीत अधिकारी~
कालो थियो एउटा काले, कालेलाई कालिकोटमै छोडें,
गोरखा गैरी गाऊँको गोरेसँग गहिरो नाता जोडें,
अल्लीपर लम्जुङ्गको लामा जुङ्गेसँग लामो सम्बन्ध तोडें,
मकवानपुरको मन बहादुरसँग मेरो मनै मिलेन अनी अन्तै बाटो मोडें ।
चितवनको चिज कुमारअको चित्त बुझाउनै गाह्रो,
ओखलढुङ्गा बस्ने ढुङ्गानाको मन ढुङ्गा भन्दा साह्रो,
टनकपुरका टपरटुईँया टलकजङ्ग vs टुल्केले दिन्छु-दिन्छु भन्दै टार्यो,
नवलपरासी घर भएका नवौं लोग्ने नवल बहादुर नरालले नदिएरै मार्यो ।

Saturday, September 26, 2015
कविता : भएँ म त
~विश्वजीत अधिकारी~
१
खै किन हो मनमा पिर भइरहन्छ
यो मन यसै रोइ रहन्छ ।
त्यसैले होला आँखाबाट सँधैं
बग्ने आँशु कै रित भएँ म त ।।
२
दुखीहरु आफ्नै झैं लाग्छन्
पिडाहरु मलाई नै डाक्छन् ।
यिनै संग खेल्दा खेल्दै
दु:ख कै मित भएँ म त ।।
१
खै किन हो मनमा पिर भइरहन्छ
यो मन यसै रोइ रहन्छ ।
त्यसैले होला आँखाबाट सँधैं
बग्ने आँशु कै रित भएँ म त ।।
२
दुखीहरु आफ्नै झैं लाग्छन्
पिडाहरु मलाई नै डाक्छन् ।
यिनै संग खेल्दा खेल्दै
दु:ख कै मित भएँ म त ।।
Saturday, November 22, 2014
कविता : झोला
~विश्वजित अधिकारी~
सबै भन्छन् झोला झोला खुल्दुली लाग्यो
यो फिलिम कस्तो होला ?
हेर्न पाए हुनेथियो फेरिन्छ कि मान्छेको चोला
भन्छन् हेरेकाले फर्किन्छ आर बगेको खोला
Saturday, November 16, 2013
कविता : देश हराएको सूचना
~विश्वजीत अधिकारी~
सुनेको थिएँ धेरै पढेको थिएँ
मान्छे हराएको सूचना !
तर हिजो बि.बि.सी रेडियोबाट
प्रसारण हुंदै थियो
सूचना सूचना सूचना
देश हराएको सूचना ।।
सुनेको थिएँ धेरै पढेको थिएँ
मान्छे हराएको सूचना !
तर हिजो बि.बि.सी रेडियोबाट
प्रसारण हुंदै थियो
सूचना सूचना सूचना
देश हराएको सूचना ।।
Subscribe to:
Comments (Atom)