~बिन्दू तिमिल्सिना~
आजभोलि,
अनायास टिलपिलाउछन मेरा आखाहरु घरिघरि
घरको याद आएर झलझली
उड्दै उड्दै पुग्छ यो मन
सम्झनाको मझेरीमा
सपनाहरुमा पनि पुग्छु सधै त्यतै
अन्तरमनकै घडेरीमा !
धेरै भएछ आफ्नो घर नगएको
Showing posts with label बिन्दू तिमिल्सिना. Show all posts

Saturday, November 2, 2019
Sunday, June 23, 2019
कविता : तिमी
~बिन्दू तिमिल्सिना~
तिमीले "तिमी" हुनुको धरातल थेगेकी थियौ र !
मुसलधारे पानीमा खहरेहरूलाई उछिन्दै भवसागर तरेकी थियौ र !
आज, तिमीले छरेका बीजहरू टुसा बनेर माटो माथि आएकाछन् !
ती अस्ति हिऊँदमा उजाड सबै वृक्षहरुमा पालुवा पलाएकाछन् !
म सम्झिन्छु धेरै पटक तिम्रा पङ्खहरू काटिएका थिए!
तर, कोसिस तिमीले छोडिनौ !
डुब्दै, तैरींदै, निखारींदै, बाधा डर असम्भवलाई पछार्दै,
हिम्मतको कवच बनेर तिमी

Saturday, November 17, 2018
कविता : उसले रोजेको शहर
~बिन्दू तिमिल्सिना~
निर्धारित यात्रा तय गरी, विविध दस्ताबेज सहि गरी
अनगिन्ति सपना बुनी, वायुपङ्खी चढी, पातल तरी
झरी एउटी परी अद्भुत नगरी ।
विचित्र, बिस्माती थियो - अजिब आएको उपवन
उत्तर र पश्चिम गगनचुम्बी महल, जताततै चहलपहल, दिपावली झलमल
इन्द्रको पुरी पो हो कि भनी आँखा दौडाइ वरिपरि
भेटिन्छ कि भनेर कोही आफूसरी ।
एक हूल थिए त्यहाँ

Subscribe to:
Comments (Atom)