Saturday, August 1, 2020

कविता : किशोरावस्थसे आचरणम

 ~अबिमन पसछें~

लाएको लुगाफाटा भुईं मै फाल्छु
चकलेटको खोल खात मुनी लुकाउँछु

आमाले देखेर मिलाऊ भन्नु हुन्छ
भोली भोली भनि म टारी दिन्छु

मन पर्ने पकाए मात्र खान्छु
नत्र सोडा र चिप्स मै रमाउँछु

घरमा आकल झुक्कल देखिन्छु
वाईफाईको सिग्नलमा झुमिन्छु

वरको सिन्का म पर नसार्ने
छोरोको तालमा बुबा हैरान हुने

सिरक र सिरानी बारम्बार बिग्रीने
सुत्नै छ फेरी म किन मिलाउने

राती छिटो सुत्न मन नलाग्ने
बिहान चॉडै उठन ज्यान जाने

तब त ढीलो सुत्छु ढिलै उठ्छु
किशोर वस्थको धर्म निभाउँछु


(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment