Saturday, November 2, 2019

कविता : छदम भेष

~अबिमन पसछें~


गफै त हो गफमा बाघ मारियो
बाटोमा बन बिरालो संग तर्सियो

ब्यायाममा छोटो बाटो रोजियो
थाहा हुंदाहुंदै आफैलाई ठगियो

सुकिलो लुगाले मति कहॉ छोप्थ्यो
खरानी घस्दैमा जोगी कहॉ हुन्थ्यो

बेमेल मिलनमा लाभको लोभ थियो
जोडको हिसाबमा योगफल कम भयो

ऋणीलाई ठग्ने साहुको नियत  थियो
लामो नियम सानो अक्षरमा लेखियो

कुलो खनी  घॉसी गुमनाम कर्ममा रमायो
नामको ध्येयमा शिंहासनमा पाप पलायो

आनन्दित निद्रा बॉडेको सपनाबाट ब्युंझ्यो
अपांग वर्तमान देख्दा खुल्लामंच बहुलायो

नक्कलको आकाशे बास कति टिक्थ्यो
बादल रुप फेर्दै  गयो अन्तमा रुंदै बिलायो
 
(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment