Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, December 8, 2023

समाचार : नाफा साहित्य साँझ २०८० सम्पन्न - Sahityapost

 

 

मित्र पौडेल । संयुक्त राज्य अमेरिकाको बिस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकी मैत्री संघ (नाफा) ले साहित्य साँझ सम्पन्न गरेकाे छ । संस्थाकाे १७ औं साहित्य साँझ सङ्गीतकार न्ह्यू बज्राचार्यको प्रमुख आतिथ्यता तथा नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा साहित्यकार स्व. विजय मल्लकी सुपुत्रीहरू वन्दना मल्ल, सिजर्ना मल्ल र अर्चना मल्लले प्रयोजन गर्नुभएको विजय मल्ल कविता प्रतियोगिता पुरस्कार तथा समाजसेवी स्व. कृष्णदास मल्लकी सुपुत्री, धन मल्ल सुपुत्र नारायणदास मल्लले प्रयोजन गर्नुभएको नाफा बाल साहित्य पुरस्कार समेत प्रदान गरिएकाे थियो ।

Thursday, December 15, 2022

समाचार : अमेरिकामा नेपाली साहित्य साँझ - Kantipur

 विभिन्न व्यक्ति पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।

Saturday, December 10, 2022

बाल कविता : रोधी घर

~आन्या पाण्डेय~

हामी सबै रोधीघरमा जान्छौ
जहाँ उज्यालो प्रकाश आउँछ
प्रखाश पनि हामि संगै नाच्छ
सबैजानाको मन पर्ने गीत बज्छ

बुढो कि जवान
आग्लो कि होचो
केटा कि केटि

Saturday, November 2, 2019

समाचार : प्रवासमा साहित्यिक मनहरुको भेला

~मित्र पौडेल~
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्तीको अवसर पारेर कविता प्रतियोगिता कार्यक्रम नाफा साहित्य साँझ २०७६ सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)ले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व अविमन पसछेंले गर्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि मदन पुरस्कार एवम् पद्मश्री पुरस्कारबाट अलङ्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका

Monday, November 19, 2018

समाचार : चिसो दिनमा न्यानो साहित्य जमघट

नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा) साहित्य साँझ २०७५ भव्यरुपमा सम्पन्न 

-आविष्कार भारती-

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको हिउँको दोलैं ओढेकी म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)को आयोजनामा १०९औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम "नाफा साहित्य साँझ २०७५" नोवेन्बेर १७, २०१८ का दिन न्याना आत्मिय मनहरुको बिचमा भव्यरुपमा सम्पन्न भएको छ ।

तस्विर : विपासन तुलाधर

वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत,

Monday, January 1, 2018

​म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न

~आविष्कार भारती

मध्य-पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ - म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं कोठे साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

दिनार श्रेष्ठ एवम् धन मल्ल श्रेष्ठको आयोजनामा उहाँहरुको

Thursday, November 21, 2013

झरीमा साहित्यको बर्षात - साहित्य साँझ २०७० - म्याडिसन, विस्कन्सिन

~आबिष्कार भारती~
नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०४औं जन्म जयन्तिको अवसर पारेर अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि 'नाफा - साहित्य साँझ २०७०', मार्ग १ २०७० तद्-अनुसार  नोवेम्बर १६ २०१३, शनिवारका दिन

Sunday, May 26, 2013

नेपाली साहित्य, विस्कनसिन, म्याडिसनको एउटा डेराबाट !

~सन्तोष लामिछाने~


म्याडिसनमा नेपाली साहित्यमा रुचि राख्ने दुइचार साथी मिलेर हरेक तिन तिन महिनामा  कोठे कवि गोष्ठी गर्ने प्रचलन  छ । यो प्रचलन सुरु गर्ने श्रेय आदरणीय दाजु दिनार श्रेष्ठ, जो कवि, लेखक, अनि नेपाली  साहित्यका अनुरागी  हुनुहुन्छ,  उहाँलाई जान्छ । यो गोष्ठी पालै  पालो गर्ने क्रमःमा केहि हप्ता अघि मे २६, २०१३, आइतबारको दिन मेरो डेरामा आयोजना भएको थियो ।