Sunday, June 23, 2019

बाल कविता : मौसम

~ओपल शर्मा~

तातो,गर्मी साह्रै राम्रो
समर आज फेरी हाम्रो । 

पात रातो अनी पहेंलो
अटम पछी हुन्छ मेरो ।

बाल कविता : ऋतुहरु

~आन्या पाण्डेय~

शिशिर ऋतुमा हुन्छ जाडो
राती हुन्छ धेरै चाँडो
हिउँ पनि धेरै पर्छ
केटाकेटी हिउँमा खेल्छ ।

शिशिर पछी बसन्त आउँछ
रुखमा हरियाली छाउँछ
फूलहरु फुल्न थाल्छ
अनी धेरै पानी पर्छ ।

कविता : तिमी

~बिन्दू तिमिल्सिना~

तिमीले "तिमी" हुनुको धरातल थेगेकी थियौ र !
मुसलधारे पानीमा खहरेहरूलाई उछिन्दै भवसागर तरेकी थियौ र !
आज, तिमीले छरेका बीजहरू टुसा बनेर माटो माथि आएकाछन् !
ती अस्ति हिऊँदमा उजाड सबै  वृक्षहरुमा पालुवा पलाएकाछन् !

म सम्झिन्छु धेरै पटक तिम्रा पङ्खहरू काटिएका थिए!
तर, कोसिस तिमीले छोडिनौ !
डुब्दै, तैरींदै, निखारींदै, बाधा डर असम्भवलाई पछार्दै,
हिम्मतको कवच बनेर तिमी

दिनार 'रनादी'का सात हाइकु

~दिनार 'रनादी'~

स्रोताको मन 
आसमा डुबेकोछ
साहित्य भेला ।  
*********
आजको दिन
पानी परेर बित्यो
भोलि के होला ?
************
फोन आएन
समय खेर गयो
प्रतिक्षा लामाे ।
*************

हाइकु : गुठी

~अर्चना धाख्वा~

शिवको नेत्र
सांसदको नजर

कविता : अन्तर्मन

~अर्चना धाख्वा~

उषाको किरण
नव जागरण
बिहानी बिशेष
मेरो रात अझै शेष ।

यौवन जीवन
नशाको कम्पन

राजेन्द्रप्रसाद अर्यालका दश हाईकु

~राजेन्द्रप्रसाद अर्याल~
                                                
१) कुल्चे उनले
   फक्रेको लालुपाते
   निर्दयी पापी।

२) रसिलो गाला
    भमराले चुमेको
    डाम देखियो।

३) मधुर गाना
    कोईलीको स्वरमा
    को हो गाउने ?

रवि चापागाईंका दुई हाइकु

 ~रवि चापागाईं~

हाइकुको 'हा'
सुनें सोचें बोलें 'इ'
नगर न 'कु' । 
***************

कविता : जीवन यस्तो हुन सकोस्

~शान्ता पाण्डेय~

पूर्णिमाको जुनसरी शितल बनोस् जीवन
आकाशको ध्रुवतारा जस्तै चम्किरहोस् जीवन
जाडोको घामसरी न्यानो बनोस् जीवन
आकाशको रङ्गसरी शान्त रहोस् जीवन ।।

गुलाबको फूलसरी फक्रिरहोस् जीवन
फलेको वृक्षसरी झुक्न सिकोस् जीवन
पाकेको फलसरी रसिलो बनोस् जीवन
सबलाई शान्ती दिने बोली बनोस् जीवन ।।

कविता : साइँला दाइ


~कल्पना ढकाल रिजाल~   

रमाउँदै, मुस्कुराउँदै
गुलाबी कुर्ता
अनी
त्यस्तै उज्यालो चप्पल
पट्-पट्  पार्दै ।

किन केटी जस्तै भाको ?
को हो साइँला ?
जवाफ दिन खोज्छन्

अप्सरा गिरीका तीन मुक्तकहरु

~अप्सरा गिरी भारती~

मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।

मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा

कविता : उपहार

~निकिता मिश्र पाण्डेय~

उपहार के दिउँ तिमीलाई प्रिय
तिमी नै छौ मेरो उपहार
प्रेमाको किरण आस्थाको दियो
उज्यालो मेरो जीवनको तिमी आधार ।

बेघर हुँदा तिमीलाई ओछ्याउन दिन सकूँ
कम्पन हुँदा तिम्रा हात थाम्न म सकूँ
अन्धकारमा पुरिँदा दियो म दिन सकूँ
गुथ्थी पर्दा जीवनमा सुल्झाउन म सकूँ ।

कविता : देउरालीको चौतारीमा


~गंगा मल्ल श्रेष्ठ~

देउरालीको चौतारीमा कती बसुँ पर्खि
गोधूली यो समयमा गाई बच्छा छेकी ।।

तिमीलाई दिन भनी ल्याको फूल टिपी
मुटु बिछ राखीराछु दिउँला भनी भोली
मिलनको पर्खाईमा घामा सबै डुब्यो
अँधेरिले पछ्याएर घुम्टो हाली सक्यो ।।

कविता : मेरो देश

~शर्मिला पोखरेल~

मेरो देश मलाई अझै प्यारो छ ।
परदेशमा छु तर मन उतै रमाउँछ ।।

अग्ला भवन देख्दा पहाड याद आउँछ
हिमाल नदेख्दा आँखा त्यसै रसाउँछ ।।

सीता अर्यालका आठ हाईकु

~सीता अर्याल~

आकाशभरी
चम्केका ताराहरू
गन्नै सकिन।
*
पर्खाईमा छु
पारी त्यो भन्ज्याङमा
धैर्य लिएर।
*
उखु जपेर
जिब्रोमा मीठो स्वाद
किन आउँथ्यो ?

मुक्तक : आमा


~लेखनाथ काफ्ले~

तिमी हामी सबै मिले हाँस्छिन् हाम्री आमा
अटुट, चोखो मिठो माया गाँस्छिन् हाम्री आमा
गाली गलौज हैन गर्ने,

हाइकु : मन


~लेखनाथ काफ्ले~

बिदेशी मन
झाँगिरहेको

कविता : ऊ


~लेखनाथ काफ्ले~

ऊ अघी हिंड्छ धेरै बाटोहरुमा
नयाँ नयाँ बस्तिहरु मेट्छ
कहिलेकहीं झ्वास्स पछाडि फर्कन्छ
मनमा भुकम्पिय तरङ्गहरु उब्जाउँछ

भेटेका नयाँ वस्तुहरु छोड्दै जान्छ
छोडेका वस्तुहरुलाई कहिलेकहीं गोड्छ
कहिले काँडाघारिमा हिंड्छ
कहिले फूलबारिमा रमाउँछ

आविष्कार भारतीका आठ हाइकु

~आविष्कार भारती~

गिद्धे नजर
सिनो हुन बाँकी छ
बकस रुजु
**********
दम्भ पातको
रुख मैले बचाको
जिल्ल छ जरा । 
***********

कविता : खुशी

~पूर्ण श्रेष्ठ~

प्रकोप र पीडामा परेकालाई
एक थोपा स्नेह दिएर हेरें ।
पाउनेको उज्यालो मुहार हेरें,
अनुभूति भयो मलाई यस्तो
खुशी त यो पो हो भनेर ।।

त्यो खुशीको क्षितिज

धन मल्लका दुई हाइकु

~धन मल्ल श्रेष्ठ~

यो म्याडिसन
रमाईलो शहर
मेरो संसार ।
*************

कविता : अञ्जान शहरको एक हितैषी मेरो मित्र

~सुष्मा श्रेष्ठ~

तिम्रो आगमनमा रमाउने मेरो मन,
तिम्रो नामले हुन्थ्यो खुशी मन भित्र
सुख दु:खको साथी ठानेथें
अञ्जान शहरको एक हितैषी मेरो मित्र ।

भेट्ने गर्थ्यौ हाँसो खुशी
हुन्थ्यो हाम्रो रमाईलो कुराकानी

कविता : ग्रीष्म शिविर स्‍मृति


~डा. बेङ्कटेश दास शर्मा~

योजना बन्यो एक वर्ष पहिले,
स्थान सुरक्षित भयो हिउँदै
बसन्त सँगै आयो तयारी सुचिपत्र,
ग्रिष्मको आगमन सँगै रमाउ है मित्र
शिविरको तयारी पूरा रातैमा,
मिर्मिरेमै छोरो चढदै छातीमा
करूण अवाज ठोकिन्छ कानमा,
‘ड्याडी जाऊँ अब बनमा, नत्र हुन्छ ढिला पङ्क्तिमा’ ।

तम्बू, किला, हथौडा, दाउरा, अनि थुप्रै राशन,
गाडी भयो पूर्ण शुरू भयो प्रस्थान

कविता : टाढिएको गन्तव्य

~अविमन पसछें~


अटुट नाता गाँसेर 
न मानियो न मनाइयो
सम्बन्ध अन्जान भएर
शत्रु भन्दा पर भइयो

लहड सँगै बहकिएर
कर्तव्यलाई लतारियो