Saturday, November 22, 2014

कविता : झोला


~विश्वजित अधिकारी~

सबै भन्छन् झोला झोला खुल्दुली लाग्यो
यो फिलिम कस्तो होला ?
हेर्न पाए हुनेथियो फेरिन्छ कि मान्छेको चोला
भन्छन् हेरेकाले फर्किन्छ आर बगेको खोला

कविता : बिदेश का बेदना

~वेदमाया धिमाल~

निजा जन्मभूमि निज जन्म माता
निजा वेद विद्या निजा मात्रि भाषा
उ हुन स्वर्ग भन्दा पनि मान्नु पर्ने ।
उनै झन छुटेछन कसो आज गर्ने ।।

बाल कविता : मेरो प्यारो बाबा

 ~मेखा श्रेष्ठ~

गौतम बुद्ध जस्तो शान्त
भिमसेन थापा जस्तो उत्साही
घरको छानो भै बस्ने
मेरो प्यारो बाबा

कोइलीको जस्तो मिठास
आमाको कविता सूर लगाई
नेपाललाई चिनाउने

कविता : भोजहरूमा अचेल

~सन्तोष लामिछाने~

कैयौं भोजहरूमा अचेल देखिन्छ
असुरक्षाका भ्रमले आशंकित
मानवीय तरलता
त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन्
सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता

कविता : अमुल्य वरदान

~रवी शाह~



नित् नौला  सपना संगाल्नु, टुटिनु,  
छुट्टिनु, गुमाउनु पाउनु.
येही संघर्ष नै हाम्रो भविष्य   वर्तमान हो.

                              लडदै पड्दै, हास्दै रुदै, एक अर्का  
               लाई दुख सुख मा साथ दिदै,
                              जीवन यात्रा मा अघि बड्दै जानु,  
               यसै मा  हामी सबै को कल्याण हो.

कविता : मनको व्यथा

~डा. रोशा पोखरेल~



नयनमा आयो कालो यो चित्र
मानको व्यथा फुकौँ कसरी
गढ्द किल्ला यो छाती भित्र
गहिरो घाऊ लुकौँ कसरी ?

कविता : फर्कि आउनेछु

~सोम खनाल~

शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको
कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको
स्मृती मीठो आतैमा बोकि छोडेर आको छु
मुटुमै रोपि देशको माया गोडेर आको छु ।


थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा
बिरह बनि के बग्छ सधै रसीला आखामा
म टाढा हुन्न ती आखाबाट ओझेल परेर
फर्केर आउछु म हैन गा'को बसाई सरेर ।

कविता : आफू त् लाहुरे पो भईयो

~अविमन पसछें~



परार जस्तै लाग्छ मुग्लान पसेको
गोरेटो किन अप्ठ्यारो लागेको
चौतारी नै छैन थाकेको
खुट्टो लाई  मोटरको  लत लागेको

हल्का इंग्लिश मैले के छांटेको
नौलो  देखेर हो की ताक हानेको
तीसको  भाडा लाई  साठी मागेको

कविता : जिन्दगानी

~हिमाल प्र. रेग्मी~

पहाडको काखबाट शुरुभयो जिन्दगानी,
भीर, पाखा, खोल्सा, खोल्सी बग्दै गयो जिन्दगानी ।
कुईनेटोमा ठोकिएर, फाँटहरुमा पोखिएर,
खहरे र खोलो हुँदै बेंसि झर्यो जिन्दगानी ।।१।।

उकाली र ओरालीमा लडीबुडी खेल्दै, हाँस्दै,
सुख दुःख शनैः शनैः बढ्दै गयो जिन्दगानी ।
कैले माथि, कैले तल उचालिंदै पछारिंदै,
रोटेपि·को पिर्का जस्तै घुम्दै गयो जिन्दगानी ।।२।।

कविता : नारायणीसँग

~डा. रमेश खनाल~

आईरहेछु दर्शन अन्तिम गर्न
टलपल टलपल गर्दै नयन
जान्छु अब हे, प्रिय सखे
पवित्र स्‍मृति सँचिराखे ।

महानदि मेरो स्वीकार बिदा
देखाई आफ्नो सौन्दर्य छटा
म जान्छु तिमीदेखी दूरस्थलमा