Monday, November 19, 2018

समाचार : चिसो दिनमा न्यानो साहित्य जमघट

नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा) साहित्य साँझ २०७५ भव्यरुपमा सम्पन्न 

-आविष्कार भारती-

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको हिउँको दोलैं ओढेकी म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)को आयोजनामा १०९औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम "नाफा साहित्य साँझ २०७५" नोवेन्बेर १७, २०१८ का दिन न्याना आत्मिय मनहरुको बिचमा भव्यरुपमा सम्पन्न भएको छ ।

तस्विर : विपासन तुलाधर

वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत,

Saturday, November 17, 2018

कविता : बल्नु -उदाउनु


~गंगा मल्ल श्रेष्ठ~

नबल्दै निभ्नेहरु,
नउदाउँदै अस्ताउनेहरु,
यहाँ लाखौं करोडौं छन्
असङ्ख्य अनगिन्ती छन्
त्यो भींडमा म हराउन चाहन्न
नबल्दै म निभ्न चाहन्न
नउदाउँदै म अस्ताउन चाहन्न ।

मुलाधारमा गडेको जीवन
बिस्तारै माथि उठाउनु छ

कविता : मेरो सानो नेपाल

~अप्सरा गिरी भारती~

प्रवासमा रहेर
समयसँगै बहेर
आस्थाको पिर्कामा बसेर
नेपाली आत्मियता पस्केर 
नेपालीपन हुर्काउँदै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल । 

परीबेशबाट निर्मित भरङ्गहरु
जीवनका असिमित तरङ्गहरु
सँग पैंठाजोरी-लुकामारी खेल्दै
आमाको न्यानो काखमा लुटुपुटु गर्ने चाह साँच्दै
उस्का चिनोहरुका माझ मातृत्व खोज्दै

कविता : 'म'को अर्थ


~विश्वजित अधिकारी~

म मेरो कथाको राजकुमार 'म'
शब्दको अर्थ कसलाई सोधुँ भन्छु ।
म को हुँ, म कहाँ छु, म कस्तो छु
साँच्चिकै 'म' म नै हो त ।

सबै भन्छन् 'म' आफू स्वयं
एउटा मात्र म हो ।
तर म भन्छु 'म' दुईवटा म पनि हो
एउटा म दुरुस्तै म जस्तै हो
अर्को म उस्तै अरुहरु जस्तै हो ।

कविता : हराउँदै मायामा

~नारायणदास मल्ल~


तिमीसँग जस्तो आत्मियता त
कहाँ पाउनु र यहाँ
तर पनि हल्लो हाई भनेर
फिस्स हाँस्नेहरु पाईरहेछु
खै यस्तै रहेछ जिन्दगी
भित्री मनमा जे भए पनि
बाहिर भने रमाई रहेछु ।

तिमीसँग जस्तै कहाँ पाउनु र

कविता : उसले रोजेको शहर

~बिन्दू तिमिल्सिना~

निर्धारित यात्रा तय गरी, विविध दस्ताबेज सहि गरी
अनगिन्ति सपना बुनी, वायुपङ्खी चढी, पातल तरी
झरी एउटी परी अद्भुत नगरी ।

विचित्र, बिस्माती थियो - अजिब आएको उपवन
उत्तर र पश्चिम गगनचुम्बी महल, जताततै चहलपहल, दिपावली झलमल
इन्द्रको पुरी पो हो कि भनी आँखा दौडाइ वरिपरि
भेटिन्छ कि भनेर कोही आफूसरी ।

एक हूल थिए त्यहाँ

कविता : म जन्मिएको ठाउँ


~कल्पना ढकाल रिजाल~   

कस्तो छ होला म जन्मिएको ठाउँ
  बेहुली झैँ सयपत्री र मखमलिले सजिएको छ कि मेरो गाउँ
  बिधुवा झैँ बिरक्तिएको छ कि,
   हाम्रो यादमा रुन्छ कि मेरो गाउँ ?
  
   छहरा र हरियाली ले भरिएको छ कि छैन होला
  डाँडा काँडाले घेरिएको छ कि छैन होला
  उकाली चढ्दा ओराली झर्दा
  बिसाउन चौतारी  छ कि छैन होला

कविता : समाज तिमीलाई मेरो खुला पत्र

~डा. रोशा पोखरेल~

यत्रो बडेमानको धोको
समेटिएको धोक्रे पोको
बटुलेर कुदिरहेको ढुक्ढुकी
अनि परम्परा संस्क्रिती र धर्मको नाममा
थिचिएको स्वतन्त्रताको घांटी।

सम्हालेर सम्लिएर समातेको
त्यस पोकोको हुन्छ निरिक्क्षण
बेस्सरी कसिएको गांठी खोली

छन्द कविता : मेरो देश


~मित्र पौडेल~

छन्द : शार्दुलविक्रीडित

आफ्नै देश सपार्न शक्ति युगको भाग्दै छ टाढा कतै
हामी युध्द गरेरभाइहरुमा आक्रोश पोख्छौं सधैं।
यस्तो खेल नखेल हेर युगका हे राष्ट्रका सेवक
फोस्रो धाक विभेद दुर्गति हुने बानी हटाऔं अब।।1।।

हाम्रा पुर्वजलेगरे मुलुकको निर्माण पैल्हे यहाँ
आजै देश विभेदको रटनले टुक्रा नहोस् हे हरे।
कष्टैकष्ट खपी अनेक विधिको आतङ्कको खेलले
आफ्नैको पनि औषधीविहिन भै लैजान्छ रे रोगले।।2।।

कविता : माईतीको गीत

~सुष्मा श्रेष्ठ~

छ स्वर्ग कतै संसारमा भने त्यो माईती देशमै छ
छ सुख कतै संसारमा भने त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

दशैको टिका तिहारको भैली
त्यो माईती देशमै छ
मादलको तालमा मारुनी नाच
त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

कविता : म बोक्सी हैन


~लेखनाथ काफ्ले~

लाग्छ मेरो उजाडिएको सिउँदोले मलाई गिज्याउँदैछ
सिथिल बन्दै गएका हातगोडाले मलाई धिक्कार्दैछ
ओभानो हुन नसकेका आँखाले धमिलिएको संसार हेरिरहेछु
अझै समाज नै म तिर फर्किएर मलाई दिनदिनै सराप्दैछ

मन भक्कानिरहन्छ, बिरह पोख्ने ठाउँ छैन
हिजोको मेरो गाउँ, आज मेरो गाउँ हैन
हिजोको मेरो नाम, आज मेरो नाम हैन
हिजोको मेरो नाता, आज मेरो नाता छैन

कविता :अङ्गुर र लङ्गूर को जोड़ी

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

उनी मधुवनकि मयुर पङ्ख
 तँ रबर ब्याण्डको चुङ्गी
 उनी रेशम झैं मुलायम
 तँ खद्दरको खस्रो लुङ्गी
 उनी महासागर झैं सहनशील
 तँ उर्लँदो खहरेको भेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी महाकविकी सकुंतला
 तँ ऋषी धमलाको हमला

कविता : भासिएको समाज मासिएको चरित्र

~प्रदीप केसी~

भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक
ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र
लिच्छिवीकालिन, मल्लकाल, शाहकाल, प्रजात्रन्त्र
पञ्चायत, बहुदल, गणतन्त्र सम्मका
ठूटे मुटे अवशेषको राग
पृष्‍ठभूमी एउटै, नाता देशको
बिभिन्न तन्त्रबाट फैलिएका
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

कविता : मूर्ख र बालक

~अविमन पसछें~


खेल्दै थियो साना नान्नानी
थोरै धेरै गर्थ्यो मनमानी
सुत्र लागु हुने हैन मेसीनी
भयाे हल्ला जानी नजानी

“चुप” एउटा कर्कश ध्वनी   
थर्किन्छ कलिलो छाना मुनि
वालापनलाई थानेर अझानी    
मूर्खले पोख्यो आफ्नो रिसानी

कविता : मेरा कविताहरु

~अर्चना धाख्वा~

मेरा कविताहरु म भित्रै रोपिएका बिउहरु
सम्झना र कल्पना बिचका उब्जाउहरु
हरेश खाँदा निराशा बनेर,
आँशु झर्दा सिसा बगेर
हस्तरेखा जस्तै त्यस्तै केरिएका घाऊहरु
मेरा कविताहरु

कविता : मलाई नबनाऊ बिध्वङ्सकारी

~एकबहादुर क्षत्री~


म चामल किन्न गाडी किन्न नभए पनि हुने
म जहाज टिकट किन्न  होटेल बुक गर्न नभए पनि हुने
दुबै दिनमा अमेरिका उडी पुग्ने  भिसा,  टिकट किन्नमा नभए पनि हुने
 चार छ महिनामा उडी,लडी,गुडी आउने भिसा, टिकट किन्नमा नभई नहुने

ग्यास नून सुन किन्न नभए पनि हुने
रक्सि बियेर किन्न नभए पनि हुने
हजुरको काम भोलि हुन्छ भन्न नभई नहुने,
आजै हाजिर भए आजै हुन्छ भन्न नभई नहुने

कविता : ज्वाईं


~डा. बेङ्कटेश दास शर्मा~

आजभोलि ज्वाइँ बन्न भएको छ गाह्रो
गरिबको विवाहको बाटो भयो अझै ठाडो
धन्य छ ईश्वर ! जुराइदियौ मलाई
समयमै बनाइदियौ कसैको ज्वाईं।

ससुराली जाऊँ-जाऊँ लागी राख्ने रहर
गाउँ, बेसी, पाखा छली पसिएछ सहर
जहाँ छैन कत्ति पनि श्रीमतीको कहर
ज्वाइँ बनेर राम्रै गरिएछ भन्ने रह्यो ठहर ।

कविता : शुभ-कामना

~पूर्ण श्रेष्ठ~

हावाले बादल पन्छाई सुर्य उदाउदा
बिहान जसरि खुलेको हुन्छ
बनमा सुन्दर फूल फुलाउनेको
मनमा सुन्दर बङ्गैचा झुलेको हुन्छ ।

भुई र भित्ता मात्र होइन घर
न त दलान र आङन सहित नै हो
घर त त्यो हो जहाँ  हुन्छ समर्पण आफ्नो,  अनि
आकर्षण  आफ्ना र आफन्तको ।

Sunday, September 16, 2018

कविता : नेपाली हौं नेपालको

~हिरण्य भोजपुरे~

नेपाली हौं नेपालको
नेपाल हाम्रो हामी सबैको
एकमा नै रूप अनेकको
अनेकमा दृश्य एकको।

उनी हाम्रा आँखा बन्दछन
हामी सुन्दर युग रच्दछौं

नेपाली प्यारोडी गीत : फेशनको आधारमा

~अविमन पसछें~


लय : मायाको आधारमा

फेशनको आधारमा लूगा नै जब लाईन्छ
लाउनु पर्ने जे छ फुकालनु पर्ने त्यहि हुन्छ
लाएको र नलाएको त्यो बराबर हुन्छ
आधुनिकता भनिन्छ ढुङ्गे युग नै फर्किन्छ
फेशनको आधारमा लूगा नै जब लाईन्छ
छोप्नु पर्ने जे छ त्यहि देखाउन खोजिन्छ
कतै टालिन्छ कतै च्यातिन्छ
वस्त्र र अङ्ग लूकामारी खेल्छन्   ।।