Saturday, October 29, 2011

कविता : साक्षी

~सन्तोष लामिछाने~


भावनाको घोप्टेभीर
मनको जोगीमारामा
घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोताई सुरु हुन्छ

कविता : जीवन को यो रुप निराला

~रवी शाह~

कोहि भन्छन, जीवन योग हो .......सत्य को खोज..
कोहि भन्छन, जीवनसंघर्ष हो ...कठिन चुनौती..
कोहि भन्छन, जीवन बाचा हो, बन्धन हो, पर्खाइ हो..........आश-निराश ले भरिए को...
कोहि भन्छन, जीवन हो सुन्दर   अवसर ....बरदान ईश्वर को...
कोहि भन्छन, जीवन प्रेम हो.........मोह, माया को जाल.

जानी न जानी, म पनि येही हुल मा समाये.
आफु लाई येही भुमरी मा अल्झाए.

सुन्दर जीवन को सपना मा रमाए..
माया-पिरती को खेल मा हराए. 

Saturday, October 8, 2011

कविता : म र म

~अविमन पसछें~


म सभ्य देखिन चाहन्छु
म सभ्य बन्न चाहन्छु ।।

सभ्यता र म एउटै बाटोमा
सभ्यता र म बिपरित दिशामा ।।


ठोक्किएर लड्दा मलाई दुखेको थियो
हिर्काएर लडाउँदा मलाई खुशी भयो ।।

कविता : भोली कवि

~सुरेन्द्र प्रजापती~

भानुभक्त भए आदिकवि
मोतिराम भए युवाकवि
लक्ष्मीप्रसद भए महाकवि
कुनै बेला भन्थें हुन्छु म भोली कवि ।।

डाँफे चरीको निवन्धसँगै नेपाली पनि सिक्न थालें
नटिप्नु हेर कोपिला भन्दै कविता पनि पढ्न थालें
पद्य मात्र होइन कविता गद्य पनि हुँदो रहेछ
प्रयास गरे कविता पनि सिर्जन गर्न सकिंदो रहेछ ।।