Saturday, November 2, 2019

गजल : आजभोली

~दीपक पौडेल~

मान्छेदेखी मान्छे किन डराउँछ आजभोली
अनायसै झस्किएर कराउँछ आजभोलि ।

सत्य बोल्ने मानिसहरु पछी पर्न थालेकाछन् 
नैतीकता त्यसै तलै हराउँछ आजभोलि ।

शान्तीका दूत परेवाहरु असुरक्षित छन् यहाँ
रगत पोतिएको झन्डा फहराउँछ आजभोलि ।


सहि बाटो हिंड्न पनि गाह्रो भईसक्यो
असल काम गर्दा खुट्टा थर्थराउँछ आजभोलि ।

जस्को शक्ती उस्को भक्ती, जे गरेनी भयो यहाँ
त्यसैलाई नै मान्छे मन पराउँछ आजभोलि ।।

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता) 

No comments:

Post a Comment