Saturday, November 2, 2019

गीत : एक वचन बोल्दैमा

~सीता अर्याल~

एक वचन बोल्दैमा त तिम्रो के पो जान्थ्यो
त्यती सारो निष्ठूरी त नभाभए हुन्थ्यो

पहिले तिमी छायाँ जस्तै नजिक नजिक आयौ
हुने छैन पर भन्दै कशम तिमीले खायौ
पर हुनु रैछ कशम नखा भए हुन्थ्यो
एक बचन बोल्दैमा त तिम्रो के पो जान्थ्यो

फूल राम्रो रस मीठो मीठै थियो मायाँ
अर्कै फूल रोज्यौ तिमीले मलाई रामछायाँ
छड्के नजर अन्तैतिर नलाभए हुन्थ्यो
एक वचन बोल्दैमा त तिम्रो के पो जान्थ्यो

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment