Saturday, March 23, 2019

गीत : शिक्षा चाहन्छु


~लेखनाथ काफ्ले~


हँसिया र डोको बोक्दैछु, रुँदैछु खेतको आलीमा
जीवन व्यर्थै भइसक्यो, अँध्यारो यो औँसीमा ।

म त पढ्न त चाहन्छु, पढ्न चाहन्छु
घाँसको भारी हैन नि, ज्ञानको भारी चाहन्छु । 

गीत : प्रित भेटियो


~लेखनाथ काफ्ले~

हिंड्दा-हिंड्दै बाटोमा प्रित भेटियो
धेरै बर्षा देखिको प्यास मेटियो ।

तिम्रो रुपको जादुमा झुमिरहें म
खोज्दै तिमीलाई बादल झैं डुलिरहें म

गजल : पीर हुन्छ


~मित्र पौडेल~

सँधै चित्त दुख्ला भनी पीर हुन्छ
कतै साथ छुट्ला भनी पीर हुन्छ ।

कसोरी म बाचौं लिई सम्झना ती
कतै मान डुब्ला भनी पीर हुन्छ ।

गजल : एहसास जीवित रहोस्


~मित्र पौडेल~

मक्खमली एहसास जीवित रहोस्
प्रेमपूर्ण विश्वाश जीवित रहोस् ।

जूनतारा टिपी देउ भन्छ्यौ
छ शर्त आकाश जीवित रहोस् ।

कविता : चरी


~कल्पना ढकाल रिजाल~   

ए चरी,
 कहाँ छ तिम्रो गाउँ
किन उँचाई उँचाईमा, के छ तिम्रो गन्तव्य ?
अनी के होला लक्ष्य
कहिले तरुनी जस्ताइ उत्ताउली रहन्छौ
कहिले वृद्ध जस्ताइ थकित देखिन्छौ ।

ए चरी,

गीत : म कहाँ जाऊँ

~एल के गुरुङ~

म कहाँ जाऊँ सागर बिनाको नदी बनेर ।
म कसरी बाँचु मुटु बिनाको जीवन भनेर ।।

जूनसँग तारा बनी सँग-सँगै जिउँला भन्थेउ ।
मर्न परे मार्छु बरु मुटु तिम्लाई दिउँला भन्थेउ ।।

कविता : अस्तित्व चक्र

~पूर्ण श्रेष्ठ~

धरती छ र त आकाश छ
आकाश छ र त बादल छ
बादल  छ र त पानी छ
पानी छ र त जीवन छ ।।

जीवन  छ र त काम छ
काम छ र त सङ्घर्ष छ

हास्य-व्यङ्ग्य निबन्ध : सङ्ग्रहमा शब्दहरू

~अविमन पसछें~


बिहान बिहानै शुभ प्रभात व्यायाम गर्न लम्कँदै थियो ।
 
Good morning  भन्दै  मलाई morning walk जाने सोध्यो ।
 
आज भ्याउँदैन भनि टारीदिएँ । म परें भर्खर गाऊँबाट शहर झरेको नेपाली । status maintain गर्नू पर्छ भनि खुबै सम्झाउँथ्यो तर मलाई चाहीं खीस्सी गर्या जस्तो लाग्थ्यो।

शुभ प्रभातका काका शुभ रात्री को पनि ऊहि हाल हुने भईहाल्यो । आफ्नो भाई साँझ आउनुभन्दा पहिले party मा पुगी हाल्थ्यो । भोज नबोलाईने त्यो party मा रक्सीको थुप्रै सौताहरु थिए । vodka, whiskey, rum  आदी ईत्यादी । हल्का black label लाए पछि काका शुभ रात्री नयाँ हवल्दार मापसे लाई सराप्दै Good night भन्दै  लाग्थ्यो ।

गीत : सम्झना

~अर्चना धाख्वा~

सम्झना बनि मस्तिस्क महलमा
जुन क्षण वितेका रहे समेटी
किन आउँदैन पछि लागि
बित्दै गएको त्यो चोला लपेटी ।

जुन आँगनमा बोलि फुट्यो
त्यो आँगनको माटो आँगनमै छुट्यो

लोक गीत : रुमालमा हावा फुरुरु

~आविष्कार भारती~

 इनारमा रित्तो बाल्टिनी चोपेको 
तिम्ले मुया लाजले मुख छोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

 बादल आई आकाशलाई छोपेको
तिम्रो मुया मनमा छ रोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

गजल : रोउँ रोउँ लाग्छ आज भोली

~आविष्कार भारती~

पखाल्न मन रोउँ रोउँ लाग्छ आज भोली
रङ्गीन सिउँदो धोउँ धोउँ लाग्छ आज भोली ।

 मायाको सम्बन्धमा कसी केही चाहिँदैन भन्थे
सम्झनाको हिरा फोरुँ फोरुँ लाग्छ आज भोली । 

गीत : आउँछ्यौ पक्कै पानी भर्न

~सीता अर्याल~

मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न
पछ्याउँनेछु मैले पनि पाउन्नौ है आँखा तर्न

न्यास्रो लाग्छ क्यारुँ मैले सम्झि मात्र जहिले पनि
डर लाग्छ धोका खाएँ थाहै होला पहिले पनि

गीत : झझल्को तिम्रो आउँछ रातैमा

~सीता अर्याल~

तन्द्रामा प्रिया झझल्को तिम्रो आउँछ रातैमा
सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा

उडेर दुबै बादलु माथि पुग्दथ्यौँ सरर
हावाले तिम्रा ती काला केश पार्दथ्यो फरर

गजल : हिजैदेखि तिमीसँग......

~राजेन्द्रप्रसाद अर्याल~
                                                
हिजैदेखि तिमीसँग बोल्न मन ला’को थियो
दिलको भित्री इच्छा सबै खोल्न मन ला’को थियो

देख्दामा नै लठ्ठ पार्ने मुहार तिम्रो झलमल
जाला कि होस ब्यहोर्दा झन् भन्न मन ला’को थियो