~कर्मपथ अर्याल~
हल्ला छाडि कोलाहलमा आईपुगेछौं
झिल्काबाट बँच्दा मुस्लोमा जलेछौं
स्याल भागेका स्वच्छ वनमा
छला ओढी भेंडाको बाघ डुल्न जनमा ।
ओढे च्याँदर श्वेत कतिले, कतिले छोरा बोलाउँदै लडे
आफ्नै आँगन रगतले भिजाएर, सन्ततिले मुन्टो अन्तै मोडे
पूर्खाले लुकामारी बन्द गराई, हामीलाई पथप्रदर्शन गरे
लुकेका थुप्रै बाँकी नै रहेछन्, फेरी भेट्टाईको आव्हान गरे ।
पसिना गयो, आँसु रित्तियो, मतलबै रहेन रगत बग्यो
रगत\आँसु पानी झैं गर्छन्, सोच्छन् मूर्खलाई कालले लाग्यो ।
जिनतिन पेट पालेका थियौं, रगत बगेछी भोकै परीयाछ ।।
हाम्रै सेवा गर्न बस्यालाई, हामीले नै टेबलमुनी ठेल्नु पर्याछ ।
आओ उम्लिएको रगत जमाऔं, सगरमा त्यसको तिनलाई डुलाऔं
गिर्दै गरेको हाम्रो भूमिलाई आऊ पौरख लगाई उठाऔं ।।
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment