Saturday, March 4, 2017

कविता : धर्म

~अर्चना धाख्वा~

जे म गर्छु या तिमीले गर्यौ जे
त्यो सही थियो या गलत थियो के
यहि मापदण्ड र दोषारोपणमा
धर्म धल्मलि अशुद्धियो रे

सहि आफु भन्ने भ्रम
न लागे त्यो हुने थिएन कर्म
जुन  बखत जे कार्य हुन पुग्छ
त्यो आधारको हुने थिएन जन्म

कविता : जिन्दगी

~नीर शंकर श्रेष्ठ~

आफैमा गुनासो छ समयले नेटो काटे छ
हिसाब जोड्दा तीन बिस आठ नाघिसके छ
तै पनि मन तन्नेरी नै छ ।

मगमग बास्ना आउने भुटेको तोरिको तेल
कपालमा दलिदली बनाएको जुल्फी
आज हावा हुण्डरी र घाम पानीले
जतनले सजाएको जुल्फी कहीँ उजाड बन्दै

कविता : दुई भारी दाउरा

~आविष्कार भारती~


जिन्दगीको दुई भारी दाउरा
एकभारी मेरो-मेरोको आगोमा जोतियो
अर्को भारी मलाई मलाईको चुलोमा कोचियो
अन्तमा खोजें आगोको त्यो तातो
न बाँडियो आफ्नाहरुलाई न्यानो

गजल : कम्मर मर्काएर हिँडिन्

~आविष्कार भारती~

उनले अलिकती कम्मर मर्काएर हिँडिन्
झिमझिम परेली एक फेर कर्काएर हिँडिन् ।।

हर साँझ सिठ्ठी र जिब्राका पटकाहरु
मिठो मुस्कानले जलाई पड्काएर हिँडिन् ।।

कविता : आमा


~गंगा मल्ल श्रेष्ठ~


आमा प्राण पियारी हृदयकी रानी
जन्मा दिईन उनलए नौ महिना गर्भ धानि
दुध दान गरी हुर्काइन प्राण मेरो यो भनी
सिकाइन खान, हिँड्न र बोल्न लै सिक नानी भनी ।

आफ्न दु:खहरु लुकाइ सन्तानलाई सुख दिन्छु भनी
जती जती ठूला भए सन्तान माया टाढा भयो अनी
हुर्किएको सन्तानले डाँडा काटी गए पछी
रुँदै भन्छिन आमा छैन मेरो कोही अगी पछी ।

कविता : मेरो एउटा साथी छ

~धन मल्ल श्रेष्ठ~

म भनेपछी हुरुक्कै हुने
मेरो एउटा साथी छ ।

म रुँदा म सँगै रुँदैन
रुनु कम्जोरी हो
मलाई नरुन भन्छ
नरुने उपायहरु छन्
उपायहरुको पोको दिन्छ ।

म थाक्दा मसँगै थाकेर बस्तैन ऊ

अगजल : आजभोली


~विश्वजित अधिकारी~

जे गरौं जसो जसो गरौं जतासुकै लै'जाउ जेमा पनि करार छ आजभोली त ।
सँगै बस्ने नङ्ग मासुमा नै पनि दरार छ आजभोलि त ।

किन बेच हुन्छ मायामा पनि
दिल बेच्ने कै बजार छ आजभोलि त ।

कविता : प्रार्थना

~डा. रमेश खनाल~


सुन्दर स्निग्ध बिहानीसँग
मेरो हृदयभरी फैलिएको प्रकाश
माया, प्रेम र समर्पणले
सम्पूर्ण ब्रह्माण्डलाई आलिङ्गनमा समेट्न चाहन्छ
परन्तु तिमीले रचेको अशिमइत विश्व
तिम्रो अभिव्यक्तीको अखण्ड अस्तित्व
मेरो स्थूल कायाको पारीधीभित्र कसरी अट्नु
मेरा इन्द्रियहस्रुको घेरोभित्र कसरी आउनु
न त मेरो सिमित ज्ञानद्वारा बोधगम्य नै हुन सक्नु ।

कविता : निदाउन नदिने सपना

~पूर्ण श्रेष्ठ~


पश्चिम भन्दा पूर्व भिड्दै,
समुद्रसीमा जोड्ने,
पृथ्वी नारायणको सपना ।

वर्ग बिहीन, शिषण रहीत,
समाजको निर्माण गर्ने,
कार्ल मार्क्सको सपना ।

कविता : अदृश्य संदेश

~अविमन पसछें~


मैले सिर्जेका जिंउदो किताब
तिम्रो लागी पानाहरू मात्र हुने भए
 जगाऊन लेखेका संदेशहरू
सजाऊने अक्षर मात्र हुने भए
 म के लेखौ किन लेखौं

 प्रतिबिम्ब रुपी पात्रहरुले
 तिम्रै बेथितिको
खिल्ली उदाउन्दा
 समर्थनमा तालि मात्र बज्ने भए
 तिम्रो तालीको अर्थ के मानौं