Saturday, November 2, 2019

गीत : सुन्यतामा

~एल के गुरुङ~

सुन्यतामा आएँ यहाँ, सुन्यतामै जान्छु
जती माया पाउँछु तिम्रो, मेरै साथ लान्छु ।।

देखावटी माया हैन, मनले माया गर्छु
भाग्यमा जो लेख्या छ, उसकै साथ जिउँछु मर्छु ।
बाँचुञ्जेल खुशी दिन्छु, मरि लानु के छ

त्यसमै खुशी हुन्छु म त, आफूसँग जे छ ।।

बिलाई जाने बादलसरी, जीवन घामछायाँ
मुटु भित्र सजाउँछु, तिम्रो मिठो माया ।
जुन बनी भेट्न आउँछु, मलाई तिमीले खोजे
सयौं फूलको बगैंचामा, तिमीलाई नै रोजें ।



(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment