Saturday, November 2, 2019

कविता : टाढा

~शर्मिला पोखरेल~

तिमी भन्छौ म टाढा छु
कुनै अर्कै दुनियाँमा छु ।।

तिमी मेरो दुनियाँ नियाली त हेर,
म त जहाँ जहाँ हुन्छु
तिमी नै तिमी बुन्छु
तिमीलाई नै सिङ्गार्छु
तिमीमा नै रमाउँछु
तिमीमा नै बिलाउँछु
तिमीमा नै हराउँछु

अनी भन त
म कसरी टाढा भएँ ।।


(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)  

No comments:

Post a Comment