Saturday, November 2, 2019

मुक्तक : समय



~सन्तोष लामिछाने~

यात्रामा नै रमाउनेलाई गन्तव्यकै मात्र आहा हुन्न
चाहिने मात्र चहानेलाई नचाइने केही चाह हुन्न
बुझ्न बुझाउन तल्लीन मानवले आफैँ बुझ्नु पर्छ
घुमिरहेने घडीलाई पनि समय के हो थाहा हुन्न ।
(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी मुक्तक/कविता) 

No comments:

Post a Comment