~सन्तोषी भण्डारी~
किन दाँज्नु तिमीलाई हिरामोती र पन्नाहरूसँग
तिमी आफैमा ज्वाजल्यमयी रत्न हौ निलम् ।
दाँजिन्नौ तिमी मिसिसिपी र मिजौरीसँग
तिमी त हाम्रै नेपालकी कालिगण्डकी झैं कलावती हौ
जहाँ निर्मल, अमर पवित्र साहित्यको सालीग्राम सृजना गर्छ्यौ ।
कहिले अर्की आईमाई त कहिले चीरहरणमा
नारी अस्मिता खोज्दछ्यौ ।
यसैगरी बढीरहुन् तिम्रा हातका कलम्
बनिरहु ति योगमायाहरूको मलम्
कुसंस्कार र परम्पराको गरी बेदीमा हवन्
यस्ती रत्न जन्माउने ति आमालाई पनि कोटी-कोटी छ नमन् ।
तिमी नेपाली नारीहरूको सुभाषिणि सारिका
नेपाली साहित्य आकासकी बिराट निहारीका ।
आयौ हाम्रै आँगनीमा राखिदियौ पाईलाहरू
खै कसरी गरूँ स्वागत तिमीलाई म ।
म के दिन सक्छु र ति जगदम्बा र मदनले जसरी
अब त यस्तो लाग्छ केही अभाव छैन,
मैले दिन तिमीलाई कुनै गुलाब छैन ।
फगत यी दुई हात जोडी नमस्कार गर्छु ।
निलम, तिमीलाई स्वागतम्,
निलम, तिमीलाई स्वागतम् ।।
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment