Saturday, November 2, 2019

कविता : आफ्नै देशमा गएर

~नारायणदास मल्ल~


छैनन् दिल बहलाउने ठाउँहरू, तर पनि दिल बहलाउन खोजी रहन्छ
अमेरिका जस्तो ठाउँमा भएर पनि, किन किन यो मन मेरै डाँडा पाखा खोइ रहन्छ ।

संसारका मनिषाहरू मरिहत्ते गर्छन् यही अमेरिका आउन
किन किन खै मेरो मन त सकेन यहाँ रमाउन ।

हो सफा छन् सुन्दर छन् अग्ला-अग्ला सिमेन्टका घरहरू
भएर के भयो त तीता आफ्न होइनन् हेरेर म के गरुँ ?

न कसैसँग आत्मीयता छ न कोही आफ्ना आफन्त छ
उठ्यो गयो काममा खायो बासी खाना यती भूलेर रमाईलो छ ।

जस्ले जे जे वयान गाह्रोओन आफ्नै सूर अनी तालमा
खै कसैलाई नाछेको देखिन यहाँ सारङ्गि र मादलमा ।

स्वार्थले घेरिएर आफ्न परिवार मात्रमा खुबै रमाई रहेछौं
गहिरिएर बिचार गरौं त हामी किन यती बिध्न स्वार्थी भएछौं ।

आफ्न जन्म दिने आमा र धर्ती माता सबलाई बिर्सिएर
कसैले ठुलो स्वर गरे पनि आँफैसँग संधै तर्सिएर ।

सँधै बाँची रहेका छौं तेस्रो दर्जाको नागरिक भएर
किन हामी केही गर्न सक्दैनौं र आफ्नै देशमा गएर । 

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गर्छु भनी पठाईएको तर कारणवश वाचन नगरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment