Saturday, July 12, 2014

कविता : न यता को भएँ , न उता को भएँ

~आविष्कार भारती~

न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता  को भएँ

जसजसले मेरो भने त्यता त्यता को भएँ
तर पनि एक्लो खै कता कता को भएँ ..
न यता को भएँ , न उता को भएँ

डुबुल्की मर्छु भन्दा प्रेममा तैरिएर लछार पछार भएँ

कविता : काठमाण्डौं शहर

~निरु ढुंगाना~

यो अस्तब्यस्त शहर काठमाण्डौं
आज भएको छ धुलो र धुवाँको केन्द्रबिन्दु ।
पुरिंदै गएको छ हाम्रो संस्कृति फोहोरको थुप्रोमा
रोईरहिछिन वाग्मती आज पुरिएर गन्दगीमा ।

बत्ती विना अन्धकार मात्र हैन भएको
पानी विना सुख्खा बनेको छ यो राजधानी ।

तैपनी भिडभाड र चापाचाप उस्तै छ यहाँ
लगाएको छ यो शहरले सबैलाई मोहनी ।

कविता : सोंच

~अर्चना धाख्वा~

ल्याई दिन्छु पूर्णिमाको, चन्द्रमा चुण्डाइ
तिम्रो पाउ जोगाउन्छु,  धरतीमा फूल बिछ्याई

यो कसम पूरा भयो भएन,
मेरो पाउले जमीन छोयो छोएन

यो अब उसको, देन भन्दा छ टाढा
मेरो मनमा गढेको, भावना छ गाढा

कविता : आमा

~हिमाल रेग्मी~

पूजाकोठामा बलेको दियो मात्र होईनौ आमा,
चुलो र चौकोमा झल्मलाएकी दियालो पनि हौ,
निःशर्त प्रकाश छर्दछ्यौ आफू भित्र भित्रै सल्किएर ।

बगैंचाकी सुन्दर गुलाब हौ आमा,
सुवास छर्दै मुस्कुराउँछ्यौ जगमा, आफू तीखा काँडा भित्रै कोतरिएर ।

ममताकी बटवृक्ष हौ तिमी
संसारलाई छहारी बाँड्छ्यौ, आफू गृष्मको गर्मीमा हपहपी रापिएर ।

कविता : मेरा साथीहरु

~पूर्ण श्रेष्ठ~

म सँग साथीहरु धेरै छन्
कोही रुपका धनी छन्
कोही मनका धनी छन्
कोही ज्ञानका धनी छन्
कोही मानका धनी छन्
कोही सानका धनी छन् ।।

चिल्लो चुच्चो जुत्ता लगाउने
खल्तीमा संधै काईंयो भिर्ने
चिटिक्क जुल्फी हल्लाउँदै
'के छ खबर आजकाल' सोध्ने
त्यो मेरो रुपको साथी ।।

कविता : जिन्दगी

~सुष्मा श्रेष्ठ~

जिन्दगीको अर्को नाम संघर्ष
यही संघर्षहरु संग जुद्दा जुद्दै
युद्धमा हारेको घाईते सिपाही जस्तो ।

बेहोश भई लड्न खोज्छ यो जिन्दगी
ब्यथा बेदनाहरुले दुख्दा,
छट्पटाएर नुनिलो आँसुको पोखरीमा