Saturday, September 26, 2015

कविता : प्रश्न

~सोम खनाल~



के छ यो टाउकोमा र यती भारी हुन्छ ?
यो मन किन डाडा वारी कहिले पारी हुन्छ ?
मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ?
किन छाती अनायसै आशु झारी रुन्छ ?

को हो गरीब को हो धनी, के हो आखिर धन ?
कुन चै धनले चोखो माया किन्न सक्छ भन ?
थैली भरी पैसा बोकी खुशी किन्न आको ?
भावनाको मोल किन यति सस्तो भाको ?


केलाई पर्खि बस्छ देउता आंखा तन्काएर ?

कविता : आयो आयो आयो

~अप्सरा गिरी भारती~

आजकाल शब्द प्रख्यात यो छ
आयो आयो आयो
जत ततै सुनिएको जो छ ।

मुख आँ गरेर नि आएकै छ
आँफै ट्वाँ परेर नि आएकै छ
स्वाँ स्वाँ गर्दै नि आएकै छ
कहीं के त कहीं के आएकै छ ।।

कहीं भुकम्प आयो
कहीं पराकम्पन आयो

कविता : यसपाली त कवितै फुरेन

~अविमन पसछें~

यसपाली त कवितै फुरेन
कस्तो उमंग र हाँसो हुन्थ्यो
डाँफेको रंगिन नाचैमा
गुराँसको मिठो सुवासैमा
रातो चन्द्र र सुर्य बोकी
बुद्धको बोलि लेख्थ्यौ
तर यसपाली त कवितै फुरेन


यसपाली त कवितै फुरेन
छठमा मैले न्हुँदयामा तिमीले

कविता : भएँ म त

~विश्वजीत अधिकारी~



खै किन हो मनमा पिर भइरहन्छ
यो मन यसै रोइ रहन्छ ।
त्यसैले होला आँखाबाट सँधैं
बग्ने आँशु कै रित भएँ म त ।।


दुखीहरु आफ्नै झैं लाग्छन्
पिडाहरु मलाई नै डाक्छन् ।
यिनै संग खेल्दा खेल्दै
दु:ख कै मित भएँ म त ।।

कविता : शहिद हराएको सूचना

~उर्जा श्रेष्ठ~

पह्रार वैशाखमा...
मासाङ् गल्लीमा मदिरा सेवान गरेर
रत्नपार्कको सएरमा निस्केको
वीर बहादुर नेपाली
केराको बोक्रामा चिप्लिएर
मृत्‍युको मुखमा पुगे
देश भरका जड्याहा मिलेर
टाएर बाले देश ठप्प पारे
जड्याहाहरुको एउटै माग
वीर बहादुरलाई शहिद घोषणा गराइ छाडे
उन्को शालीक
शहिद ढोकामा
गंगालाल सँगै राखियो

कविता : जुत्ता र मोजाहरू

~सन्तोष लामिछाने~

भोक र भित्ताहरूको मात्र किन
आज
जुत्ता र मोजाहरूको कथा पनि सुन

जुत्ता जसले कुल्चन्छ
हर चिज चाट्न बाध्य हुन्छ
मोजा जो प्रायः थुनिन्छ, निसासिन्छ
हो आज तिनै
जुत्ता अनि मोजाका कुरा गर्दैछु

कविता : आत्माखोज

 ~रोशा पोखरेल~

बिर्सिएर आफैलाई हराउन पाए
आफैसंग परिचय गराउन पाए
आनन्दीले मुटूभरि लुटुपुटु खेली
शीत लिप्थिन् निधारमा आफै पाउन पाए ।।

निलो आकाश छाना मेरो, घाँसै गुन्द्री मेरै
आकाशैको झुल्के घाम, बादल छत्री मेरै
छोपिदिए निदरीले पुग्ने थिएँ त्यहाँ
छेकिदिन्छ क्षितिजले धरतीलाई जहाँ

कविता : मानचित्रमा के हुन्थें

~पूर्ण श्रेष्ठ~

चवन्नहजार चारसय, वर्गमिलमा फैलेको ।
पूर्व पश्चिम तन्केको, चौडाइ खुम्चेको ।।
अग्ला हिमाल, पहाड अनी सम्म तराई बोकेको ।
ईंट्टा आकारमा फैलेको, मेरो बर्तमान स्वरुप ।।

जन्मँदै जुध्नु परेथ्यो, सैयौं प्रहार खपें ।
सकेनन् जित्न कसैले, वैरी साराले हारे ।।
महत्वाकाङ्क्षा झनै बढ्यो, विशाल राष्ट्र बन्ने ।
दक्षिणमा बनारस पुग्ने, अनी उत्तरमा ल्हासा चाढ्ने ।।

कविता : मन

~अर्चना धाख्वा~

दुखमा न सुखमा यहाँ
निरन्तरता छ नै कहाँ
समयको गतिमा समयसंगै
चल्छ यहाँ मनै कहाँ

कहिले विगत, कहिले भविष्य
सोचाइमा अल्झेको मति
जे छ त्यो अहिल्यै छ

कविता : कविता


~तिलकराम लुईटेल~

कविता तिमीलाई देखेको, जानेको र बुझेको छैन
तर
तिमीलाई सम्झिरहन्छु, माया गर्छु ।

कल्पना गर्छु
तिमी सुन्दर हौली
तिम्रो सुडौल नाडी
हात्तीको सुंड जस्तो तिघ्रा
बारुलाको जस्तो कम्मर

कविता : खै यो के भयो मेरो देश

~डा निलेश तिमील्सिना~

गुण्डा मर्दा नेता तात्छन्
चोर देखी पुलिस भाग्छन्
विदेशिका गुलामहरु नै
यहाँ सार्वभौमताका गाथा गाउँछन्
खै यो के भयो मेरो देश ।

युवा जती बिदेश पस्छन्
बुढाखाडा श्रम बजार ओग्ट्छन्
यस्तो मानवश्रोतको अभावमा पनि
नेताहरु बिकासको राग रट्छन्
खै यो के भयो मेरो देश ।

कविता : मेरा मनका कुरा


~भक्तिलाल बाटाजू~

आज यस सभामा मन लागेको केही कुरा भन्न
र सुन्न आउनु भएको सुजन हो ।
माता पिता र जन्मभूमिलाई पनि
कहिल्यै नभुल्नु है
कोइ मार समर्था नई कि दुईको बसाईमै

कविता : अनुरोध

~डा. रमेश खनाल~


हे, मेरा प्रिय बन्धुहरु

हे, मेरा प्रिय मित्रहरु

आउ, मेरो हार्दिक अभिनन्दनलाई स्वीकार गर

मेरो हृदयका पुष्प गुच्छाहरुलाई साधिकार ग्रहण गर। 

श्वेत हिम शिखरहरु सुर्योदयको लालिमाले स्वर्णिम बनेका छन्

अब एउटा नूतन युगको आबिर्भाव गर्नु परेको छ