Saturday, November 2, 2019

कविता : जय भानु

~प्रदीप केसी~

भानु आज तिमी जरुरत छौ
तिमी खडेरिको जल हौ, देव हौ ।
तिम्रो रामायण बयान आई फोन
बजाएपछी भाग्छन् निसाचर ।।

भानु तिमीले धर्मलाई साक्षात्कार बनायौ
पाप, पुण्य, मुक्तीको बाटो सरल बनायौ
नेपाली भाषा, साहित्यलाई रसिलो,
मलिलो, मीठो, जनजिब्रोको बनायौ ।
संस्कृत साहित्य रामायणलाई
नेपाली भाषाको माध्यमबाट
अभिजात वर्गबाट जनजीवनमा ल्यायौ ।

भानु तिमी नेपाली भाषीको आमा हौ
आज संसारभर नेपालीभाषीको ढुकढुकी हौ ।
हे भानु, भानु भन्नु नै राम हो ।
राम भन्नु नै गान्धीको अन्तिम सास हो
तिम्रो साहित्य मनन गर्ने, प्रकाशको तेज बन्छ
तेजले अन्धकार हटाउन मद्दत गर्दछ ।

हे भानु, यस पृथ्वीमा छैनौ
तिमीले छोडेर गएको दियोको बत्ती बलिरहेछ
तिमी आदीकवी भयौ, तिम्रो साहित्य र
हिन्दीको तुलसीकृत रामायण अनादी भयो
तिमी रामलाई चिनाउने अर्को राम भयौ
तिमी खडेरीको जल हौ, तिमी आज जरुरत छौ ।
सलाम छ भानु, सलाम छ
जय श्रीराम, जय भानु ।
   
(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment