Saturday, March 24, 2018

कविता : अमेरिका

~नारायणदास मल्ल~


रंगमंच पो हो कि ?
मिहेनती कति छन् यहाँ कोही त फेरी
माग्ने पो हो कि ?
रितिरिवाज अनेक छन् सजिएकै छन्
मुर्दाका चिहान
काम गर्छन कति हो कति न रात छन्
न बिहान

कविता : झेल

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

उनी मधुवनकि मयुर पङ्ख
तँ रबर ब्याण्डको चुङ्गी
उनी रेशम झैं मुलायम कोमल
तँ खद्दरको खस्रो लुङ्गी 
उनी महासागर झैं शहन्शील
तँ उर्लँदो खहरेको भेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

कविता : मायामा तिम्रै भैसकें


~आशिष जुवा~

Early in the morning with the rise of the sun
Early in the morning with the rise of the sun
चञ्चल हुन्छ यो मेरो मन ।

Think about you baby throughout the day

कविता : फेसबुक

~बिनोद पाण्डे~

टिङ घन्टि  बजेको थ्यो फेस्बुक मा मेसेज आयो
उन्कै फ्रेन्ड रिक्वेस्ट रैछ  झन्डै मेरो सातो गयो
बिर्सिएछु सबै कुरा आधा घण्टा प्रोफिल हेरें 
फ्लश्ब्याक मा कहाँ पुगेछु निकै  लामै सास फेरें

धेरै पैले कुनै बेला म पनि त तन्नेरी थिएँ 
बाहिर सोझो देखिए पनि कती कुरा मन भरी थिए
सबै कुरा नभनेनि छोटकरीमा सुनौ हैत
च्वास्स कुरो बिझ्न सक्छ मन्मै "म म" भनौ हैत

कविता : आँधी


~लेखनाथ काफ्ले~

 आँधी चलिरहयो
म पनि त्यही आँधीसँगै लम्किएँ 
आँधीलाई रोक्ने बाधकहरुलाई तर्साएँ
आँधीको जयजयकार गर्दै माँसपेशी र रक्तपिण्डहरु चपाएँ । 

आँधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर

कविता : बोर भो

~दिनार 'रनादी'~

भिनाजु, मार्च २४ अगाडिको कुनै पनि विकएण्ड खाली छैन
कोठे कविता ढिलो हुने भो 'बोर' भो
ए हो र ! अँ नानी 'बोर' भो ।

संसार भरी सबैभन्दा धेरै बोलिने शव्द 'ओके' हो
तर नेपालमा धेरै बोलिने शव्द 'बोर भो'
लौ सुष्मा सुन 'बोर'को वान्की -

कविता : मोजै हुन्छ

~दिनार 'रनादी'~


ईमेलको यो जमानामा पनि
थुकले खाम टाँस्दै चिठ्ठी पठाउनुको मज्जै अर्को हुन्छ
जनवरिमा गर्ने भनेको कोठे कविता कार्यक्रम
सर्दै सर्दै मार्चमा पुगेर लामो पर्खाइ पछी कविता भन्नुको मज्जै अर्को हुन्छ ।

काम बिगारेर लठ्ठी पाईन्छकी भनी सोंच्दा
गाली मात्र पाउँदाको  मज्जै अर्को हुन्छ
नराम्रो कविता सुनाउँदा पनि
दर्शक-श्रोताको ताली पाउँदा मज्जै अर्को हुन्छ ।

कविता : अमेरिका

~नारायणदास मल्ल~

अ - नेक थरीका छन् यहाँ शायद यो रङ्गमञ्च पो हो कि ?
मे - हनेती कती छन् यहाँ कोही त फेरी माग्ने पो हो कि ?
रि - ति-रिवाज अनेक छन् सजिएकै छन मूर्दाका चिहान
का - म गर्छन् कती हो कती न रात छन् न बिहान

भोक न भकारी शोक न सुर्ता
यस्तै रहेछ अमेरिका
खुशी हुन कि दुखी हुन जनता
बुझी नसक्नु रहेछ अमेरिका ।

कविता : धन्यवाद फेस्बुक

~सुष्मा श्रेष्ठ~

धन्यवाद फेस्बुक तिमीलाई
एउटै चिठ्ठीको इन्तजारमा
महिनौं कुरीरहनु पर्ने
समयको अन्त गरिदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
टाढाकोलाई नजिक बनाईदिएकोमा
अतितका अन्धकारमा हराएका
सखाहरुसँग भेटवार्ता गरिदिएकोमा ।

कविता : नेता


~गंगा मल्ल श्रेष्ठ~


- गङ्ग
नेता तिमीहरु कस्तो नेता
कर्तव्य नै नगरि अधिकार मात्र जमाउने नेता
गरैवी असहाय निमुखाका पीडा नै नबुझी
आफ्नो स्वार्थ मात्र पूर्ती गरी रमाउने नेता
तिमीहरुलाई धिक्कार छ आफ्नो लागि राजनीति गर्ने नेता
नेता तिमीहरु कस्तो नेता ।

तस्करी र गुण्डाहरु पाली-पाली आफूलाई ठूलो ठान्ने नेता

गजल : सुरु देखि नै


~विश्वजित अधिकारी~


आँखामा जब राखीयो रहर सुरु देखि नै
मधुरा बने मेरा नजर सुरु देखी नै ।

सब चिजको सुरुवात र अन्त्य एउटै हुँदैन
हिट्लर पनि थिएयन हिट्लर सुरु देखी नै ।